सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

आईपीएलमा दिल्लीको पहिलो जित, चेन्नईको पहिलो हार

आईपीएलमा दिल्लीको पहिलो जित, चेन्नईको पहिलो हार

साझा पोष्ट
सोमबार, चैत १९ २०८०
  • images
    आईपीएलमा दिल्लीको पहिलो जित, चेन्नईको पहिलो हार
    images

    काठमाडौं ।  दिल्ली क्यापिटल्सले  इन्डियन प्रिमियर लिग आइपीएलको जारी सिजनमा पहिलो जित निकालेको छ । शुरुवाती दुई खेलमा पराजय भोगेको दिल्लीले आईतवार राति चेन्नाई सुपरकिंग्सलाई २० रनले पराजित गरेको हो । 

    images
    images

    विशखापटनमा  दिल्लीले दिएको १९२ रनको लक्ष्य पछ्याएको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन मात्रै बनाउन सक्यो । 

    images
    images

    चेन्नाईका लागि अजिंक्या रहानेले सर्वाधिक ४५ रनको योगदान गरे । त्यस्तै महेन्द्र सिंह धोनीले १६ बलमा ४ चौका र तीन छक्काको मद्दतले नटआउट ३७ रन बनाए । त्यस्तै ड्यारिल मिचेलले ३४ , रविन्द्र जडेजाले अविजित २१ तथा शिभम दुवेले १८ रनको योगदान गरे । 

    दिल्लीका लागि मुकेश कुमारले तीन, खालिल अहम्मदले दुई तथा अक्षर पटेलले एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९१ रन बनाएको थियो । 

    दिल्लीका लागि ओपनर डेबिड वार्नरले ३५ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५२ रनको अर्धशतकीय ईनिङ खेले। अर्का ओपनर पृथ्वी शाले २७ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४३ रन बनाए। दिल्लीका लागि यी दुई ओपनरले ९३ रनको साझेदारी गरेका थिए। 

    कप्तान रिषभ पन्तले ३२ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय ईनिङ खेले। पन्तको अर्धशतकको सहयोगमा दिल्ली मध्यम योगफलसम्म पुग्यो। मिचेल मार्शले १२ बलमा १८ रन बनाए। 

    चेन्नईका लागि मथिशा पथिरानाले ३ तथा मुस्ताफिजुर रहमान र रविन्द्र जडेजाले समान १–१ विकेट लिए। 

    दिल्लीले पहिलो खेलमा पञ्जाव किंग्ससँग हार बेहोरेको थियो भने दोस्रो खेलमा राजस्थान रोयल्ससँग पराजित भएको थियो।

    त्यस्तै चेन्नईले भने यस सिजनका शुरुवातका दुवै खल जितेर शानदार शुरुवात गरेको थियो। 

    प्रतिक्रिया हरु
    थप समाचार