सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

साझा पोष्ट
सोमबार, चैत १९ २०८०
  • images
    बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत
    images

    काठमाडौं ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् ।

    images
    images

    सोमबार बागमती प्रदेश सभा बैठकमा जम्कट्टेलले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राखेको प्रस्तावका पक्षमा ५६ जनाले मतदान गरे ।

    images
    images

    उनको दल माओवादी केन्द्रका २१, नेकपा एमालेका २७, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका १ जना सांसदले विश्वासको मत दिएका हुन् ।

    नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीले विपक्षमा मतदान गरेको छ भने राप्रपा तटस्थ बस्यो । आजको प्रदेश सभामा १०८ जना सदस्य सहभागी थिए । विश्वासको मतको विपक्षमा ३७ मत परेको छ । १५ सांसद तटस्थ बसे । कांग्रेससँगको गठबन्धन टुटेर एमालेसँग नयाँ गठबन्धन बनेपछि जमकट्टेलले विश्वासको मत लिएका हुन् । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार