सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

आईपीएलः मुम्बईको लगातार तेस्रो हार, राजस्थान शीर्ष स्थानमा

आईपीएलः मुम्बईको लगातार तेस्रो हार, राजस्थान शीर्ष स्थानमा

साझा पोष्ट
सोमबार, चैत १९ २०८०
  • images
    आईपीएलः मुम्बईको लगातार तेस्रो हार, राजस्थान शीर्ष स्थानमा
    images

    काठमाडौं । मुम्बई इन्डियन्सले आईपीएलमा लगातार तेस्रो हार बेहोरेको छ । सोमवार राति तेस्रो खेलमा मुम्बई इन्डियन्सलाई राजस्थान रोयल्सले ६ विकेटले पराजित गर्यो । जितसँगै राजस्थान ६ अंकका साथ शीर्ष स्थानमा उक्लेको छ । 

    images
    images

    वानखेडे क्रिकेट स्टेडियम टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली मुम्बईलाई १२५ रनमा सीमित गरेको राजस्थानले १ सय २६ रनको लक्ष्य रोकेको राजस्थानले १ ओभर ३ बलमा पुरा गर्यो । उसका लागि रियान परागले सर्वाधिक नटआउट ५४ रन बनाए । ३९ बलको सामना गरेको परागले ५ चौका र ३ छक्का हाने ।

    images
    images

    यस्तै रवि चन्द्रन आश्विनले १६, जोश बटलरले १३, सञ्जु सामसनले १२ र यशस्वी जैसवालले १० रन जोडे । मुम्बईका लागि आकाश मधवालले ३ विकेट लिए । यसअघि  मुम्बई इन्डियन्सले घरेलु मैदान निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो  

    मुम्बईका लागि कप्तान हार्दिक पान्ड्याले २१ बलमा ६ चौकाको सहयोगमा ३४ रन बनाए । तिलक बर्माले २९ बलमा २ छक्काको सहयोगमा ३२ रन बनाए । पान्ड्या र बर्माले ५ औ विकेटका लागि ५६ रनको साझेदारी गर्दै टोलीलाई अघि बढाउने कोशिस गरे पनि युजभेन्द्र चहलले  हार्दिकलाई आउट गर्दै साझेदारी तोडे ।

    टिम डेबिडले २४ बलमा १ चौकाको सहयोगमा १७ रन बनाए । ओपनर इशान किशनले १४ बलमा २ चौका र १ छक्काको सहयोगमा १६ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउँन सकेनन् । राजस्थानका लागि ट्रेन्ट बोल्ड र युजभेन्द्र चहलले समान ३ तथा नान्र्दे बर्गरले २ विकेट लिए । लगातार हारसँगै मुम्बई पुछारमा छ । 

    प्रतिक्रिया हरु
    थप समाचार