शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

समावेशी आयोगको अध्यक्ष र महिला आयोगको सदस्यका लागि आवेदन माग

समावेशी आयोगको अध्यक्ष र महिला आयोगको सदस्यका लागि आवेदन माग

साझा पोष्ट
मंगलबार, चैत २० २०८०
  • images
    समावेशी आयोगको अध्यक्ष र महिला आयोगको सदस्यका लागि आवेदन माग
    images

    काठमाडौं । संवैधानिक परिषदले राष्ट्रिय महिला आयोगमा रिक्त एक सदस्य र राष्ट्रिय समावेशी आयोगमा रिक्त हुन लागेको अध्यक्ष पदका लागि इच्छुक उम्मेदवारबाट आवेदन मागेको छ ।  

    images
    images
    images

    त्यसैले परिषदले अभिलेख राख्ने प्रयोजनका लागि भन्दै नियुक्त हुन योग्यता पुगेका इच्छुक नेपालीबाट आवेदन मागेको छ ।  आवेदन आज सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बुझाउनुपर्ने छ । राष्ट्रिय समावेशी आयोगको अध्यक्ष पद आगामी वैशाख २ गतेदेखि रिक्त हुँदै छ ।

    images
    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेबसाइटको ‘सूचना तथा समाचार’ खण्डभित्र उपलब्ध फारम भरी विद्युतीय प्रतिसहित बुझाउन वा संवैधानिक परिषदको सचिवालयको इमेल ठेगाना [email protected] 
    मा पठाउन भनिएको छ ।

    एकभन्दा बढी पदका लागि आवदेन गर्ने भएमा  प्राथमिकतासहित छुट्टाछुट्टै फारम बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार