सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

टस हारेर बरोडाविरुद्ध ब्याटिङ गर्दै नेपाल

टस हारेर बरोडाविरुद्ध ब्याटिङ गर्दै नेपाल

साझा पोष्ट
मंगलबार, चैत २० २०८०
  • images
    टस हारेर  बरोडाविरुद्ध ब्याटिङ गर्दै नेपाल
    images

    काठमाडौं । भारत भ्रमणमा रहेको नेपालले त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा बरोडासँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ ।

    images
    images

    बरोडाका कप्तान विष्णु शोलंकी  टस जितेर पहिला फिल्डिङ रोजेका हुन् । नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेट र गुजरातले बरोडालाई ५ विकेटले हराएको थियो । नेपाल लगातार दोस्रो र बरोडा पहिलो जितको खोजीमा छ । नेपालले पहिलो खेलको टोलीमा कुनै परिवर्तन गरेको छैन ।

    images
    images

    गुलशन झाले ४ र करण केसीले ३ विकेट लिएपछि पहिलो खेलमा गुजरात ९८ रनमा अलआउट भएको थियो । 

    नेपालको प्लेइङ ११ :

    रोहित पौडेल (कप्तान): आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार