सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

नेपालले बरोडालाई दियो १ सय ५७ रनको लक्ष्य

नेपालले बरोडालाई दियो १ सय ५७ रनको लक्ष्य

साझा पोष्ट
मंगलबार, चैत २० २०८०
  • images
    नेपालले बरोडालाई दियो १ सय ५७ रनको लक्ष्य
    images

    काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कप त्रिकोणात्मक श्रृंखलामा बरोडालाई १५७ रनको लक्ष्य दिएको छ ।

    images
    images

    टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनायो । राम्रो शुरुवात नभएपनि नेपालले मध्यम योगफल खडा गर्यो । नेपालका कुशल मल्ल२५ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४० र दीपेन्द्र सिंह ऐरी ५ रनमा नट आउट रहे ।

    images
    images


    सन्दीप जोरा १६ बलमा समान २ चौका र छक्कासहित २९ रन बनाएर रनआउट भए । एक समय १२.५ ओभरमा ८२–५ को अवस्थामा पुगेको नेपाललाई छैटौं विकेटका लागि सन्दीप र कुशलले २९ बलमा ४७ रनको साझेदारी गर्दै सम्हाले । 

    ओपनर आसिफ शेख र कुशल भुर्तेल ९–९ रनमा आउट भएए । अनिल कुमार साह २७ बलमा २ चौका र १ छक्कासहित २५ रनमा आउट भए । कप्तान रोहित पौडेल १३ बलमा ३ चौकासहित १८ र गुलशन झा १३ रनमा आउट भए ।

    बरोडाका बाबा खानले २, मोहित मोंगिया र परिक्षित पाटिदारले १–१ विकेट लिए । नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेट र दोस्रो खेलमा गुजरातले बरोडालाई ५ विकेटले हराएको थियो ।

    प्रतिक्रिया हरु
    थप समाचार