सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

भारतमा नेपालको दोस्रो जित, बरोडा २७ रनले पराजित

भारतमा नेपालको दोस्रो जित, बरोडा २७ रनले पराजित

साझा पोष्ट
मंगलबार, चैत २० २०८०
  • images
    भारतमा नेपालको दोस्रो जित, बरोडा २७ रनले पराजित
    images

    काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप कपमा बरोडालाई २७ रनले हराउँदै लगातार दोस्रो जित हासिल गरेको छ ।

    images
    images

    जितको लागि १५७ रनको लक्ष्य पछ्याएको बरोडाले २० ओभरमा सबै विकेट गुमाएर १२९ रन बनायो । बरोडाका भानु पानियाले २६ बलमा ३ छक्कासहित सर्वाधिक ३६ रन बनाए । कप्तान विष्णु शोलंकीले ३२ बलमा २ चौकासहित २५ रन बनाए । बाबा खानले १८ बलमा २ चौका र २ छक्कासहित २७ रन बनाए ।

    images
    images

    एक समय २२-५ को दयनीय अवस्थामा पुगेको बरोडालाई छैटौं विकेटका लागि भानु र विष्णुले ५३ रनको साझेदारी गरे ।नेपालका करण केसीले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १ मेडनसहित २० रन खर्चेर २ विकेट लिए । अभिनाश बोहराले २, गुलशन झा र दीपेन्द्रसिंह ऐरी १-१ विकेट लिए ।

    त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाएको थियो । कुशल मल्लले २५ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक नट आउट ४० रन बनाए ।

    प्रतिक्रिया हरु
    थप समाचार