सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

धनगढीले जित्यो छैटौं खड्गप्रसाद गौचन मेमोरियल यु -१९ क्रिकेटको उपाधि

धनगढीले जित्यो छैटौं खड्गप्रसाद गौचन मेमोरियल यु -१९ क्रिकेटको उपाधि

साझा पोष्ट
बुधबार, चैत २१ २०८०
  • images
    धनगढीले जित्यो छैटौं खड्गप्रसाद गौचन मेमोरियल यु -१९ क्रिकेटको उपाधि
    images

    बुटवल । धनगढी क्रिकेट एकेडेमी (डिसिए) छैटौं खड्ग प्रसाद गौचन मेमोरियल यु १९ क्रिकेट प्रतियोगिताको‌ उपाधि जितेको छ ।

    images
    images

    फाइनलमा मंगलबार पल्सर सिइसी काठमाण्डौलाई १२ रनले हराउँदै  धनगढी च्याम्पियन बनेको हो । रुपन्देहीको तिलोत्तमामा निमार्णाधीन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा १ सय ५१ रनको लक्ष्य पछ्याएको सिइसी ३५ औं ओभरमा १ रन ३८  रन बनाएर अलआउट भयो ।

    images
    images

    सिइसीका लागि सुमित सिंह बुढाले ४१ र स्मित बुढाले ४० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । धनगढीका निसान रेग्मीले ४ र सौर्य श्रेष्ठले २ विकेट लिए ।


    टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले ३२.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५० रन बनाएको थियो।धनगढीका अशोक धामीले अर्धशतक बनाएका थिए। सिइसीका दयानन्द मण्डलले ३, करण घर्ती मगर र स्मित बुढाले समान २ विकेट लिए।

    सिइसीका निसान रेग्मी फाइनलको‌ प्लेयर अफ दि म्याच बने । सिइसीका समिर विष्ट प्लेयर अफ द सिरिज, सिइसीकै दयानन्द मण्डल बेस्ट बलर र मदन भणडारी स्पोर्ट्स एकेडेमीका विजय प्रजापतिले बेस्ट ब्याटर घोषित भए ।


    धनगढीले ट्रफीसहित ५० हजार र सिइसीले २५ हजार रुपैयाँ प्राप्त गर्यो । विजेता, उपविजेता टोलीलाई लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराई, नेपाल क्रिकट संघका पूर्व कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल, प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङ, जिल्ला क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापालगायतले पुरस्कृत गरे ।

    कार्यक्रममा रुपन्देहीको क्रिकेट विकासमा २५ वर्षदेखि योगदान दिदैं आएका क्रिकेट प्रशिक्षक जंग बहादुर थापालाई लाईभ टाईम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो ।

    आफ्नो बुवाको‌ स्मृतिमा प्रतियोगिता आयोजना गरेका पूर्व क्रिकेटर शक्ति गौचनले छैंटौं संस्करण थप उपलब्धिमुलक बनेको अनुभव सुनाए‌। प्रतियोगिताले युवा खेलाडीलाई‌ प्लेटफर्म दिएको र आफूले पनि सबैबाट सहयोग पाएको उनले बताए ।

    प्रतियोगितामा फाइनल पुगेका दुई टोलीसहित स्टार क्रिकेट एकेडेमी, बोस्टन क्रिकेट क्लब, बिएमडब्लु वेस्टर्न क्रिकेट एकेडेमी, मदन भण्डारी स्पोर्ट्स एकेडेमी, कास्की जिल्ला क्रिकेट संघ र न्यु होराईजन स्पोर्ट्स क्लब गरि ८ टोलीको सहभागिता थियो।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार