सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

कमलसिंह ऐरीको ह्याट्रिक, आयरल्यान्ड 'ए' १५७ रनमा अलआउट

कमलसिंह ऐरीको ह्याट्रिक, आयरल्यान्ड 'ए' १५७ रनमा अलआउट

साझा पोष्ट
बुधबार, चैत २१ २०८०
  • images
    कमलसिंह ऐरीको ह्याट्रिक, आयरल्यान्ड 'ए' १५७ रनमा अलआउट
    images

    काठमाडौं ।  तीव्र गतिका बलर कमलसिंह ऐरीको ह्याट्रिकसँगै नेपाल एले आयरल्यान्ड ए लाई पहिलो एक दिवसीय अभ्यास खेलमा १५७ रनको सामान्य योगफलमा रोकेको छ ।
    त्रिवि क्रिकेट मैदानमा टस‍ जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड ए ३८.३ ओभरमा १५७ रन बनाएर अल आउट भयो ।

    images
    images

    आयरल्यान्ड ए का केड कार्माइकलले ७७ बलमा ४ चौकासहित सर्वाधिक ५१ रन बनाए । निल रकले ३२ बलमा २ चौका र ३ छक्कासहित ३९ रन बनाए ।ओपनर जेम्श म्याकुलम र स्टेफन डोहेनी १२र१२ रनमा आउट भए । पिटर मुरले २१ रन बनाए ।

    images
    images

    नेपालको बलिङसामु आयरल्यान्ड ए का ब्याटर चल्न सकेनन् ।  नेपालका कमलसिंह ऐरीले ६।३ ओभरमा १ मेडनसहित २१ रन खर्चेर ४ विकेट लिए ।

    कमलले ३९ औं ओभरको पहिलो बलमा लियाम म्याकार्थी, दोस्रो बलमा म्याथ्यु हम्फ्रेज र तेस्रो बलमा बेन ह्वाइटलाई आउट गर्दै  ह्याट्रिक पुरा गरे । 

    २०२२ मा चोटपछि टोलीमा फर्किएका कमलले टी(२० पछि एकदिवसीयमा पनि उच्च प्रदर्शन गरेका छन् ।  मौसम ढकाल र साहब आलमले दुई–दुई तथा रिजन ढकालले एक विकेट लिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार