सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

ब्याटिङ नचल्दा आयरल्याण्ड 'ए'सँग नेपाल 'ए'को हार

ब्याटिङ नचल्दा आयरल्याण्ड 'ए'सँग नेपाल 'ए'को हार

साझा पोष्ट
बुधबार, चैत २१ २०८०
  • images
    ब्याटिङ नचल्दा आयरल्याण्ड 'ए'सँग नेपाल 'ए'को हार
    images

    काठमाडौं । उत्कृष्ट बलिङ गरेपनि ब्याटिङ नचल्दा नेपाल ए पहिलो एकदिवसीय अभ्यास खेलमा आयरल्यान्ड ए सँग २२ रनले पराजित भएको छ ।

    images
    images

    १५८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल २५.३ ओभरमा १ सय ३६ रनमा अल आउट भयो ।नेपालका साहब आलमले ३४ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३७ रन बनाए । देव खनालले २२ बलमा ४ चौकासहित २६ रन जोडे । नेपाललाई ओपनर अर्जुन कुमाल र देव खनालले ५ ओभरमा ३५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।तर त्यसपछि नेपालले विकेट गुमाउँदै गएर  नेपाल ‘ए’ ५६–६ को दयनीय स्थितिमा पुग्यो ।

    images
    images

    अर्जुन कुमाल ९ रन जोड्दा भीम सार्की गोल्डेन डक आउट भए । आरिफ शेख शून्य, अर्जुन साउद ४ र विनोद भण्डारी ९ रनमा आउट भए । कमल सिंह ऐरी ६ रन जोड्दै आउट भए । 

    बसिर अहमद २१ बलमा २० रन जोडेर पेभेलियन फर्किए । साहब आलमले त्यसपछि रन गति बढाएपनि उनी २५ औं ओभरमा  आउट भए । ३४ बलमामौसम श्याम र रिजनबीच समन्वय नहुँदा रनआउटसँगै नेपाल अलआउट भयो । रिजन १२ रनमा नटआउट रहे । 

    आयरल्यान्ड ए का म्याथ्यु हम्फ्रेजले १० ओभरमा ३ मेडनसहित ३२ रन खर्चेर ५ विकेट लिए । लियाम म्याकार्थी ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । त्यसअघि  कीर्तिपुरमा तीव्र गतिका बलर कमलसिंह ऐरीको ह्याट्रिकसँगै नेपाल एले आयरल्यान्ड ए लाई ३८.३ ओभरमा १५७ रन बनाएर अल आउट गरेको थियो । 

    आयरल्यान्ड ए का केड कार्माइकलले ७७ बलमा ४ चौकासहित सर्वाधिक ५१ रन बनाए । निल रकले ३२ बलमा २ चौका र ३ छक्कासहित ३९ रन बनाए ।ओपनर जेम्श म्याकुलम र स्टेफन डोहेनी १२र१२ रनमा आउट भए । पिटर मुरले २१ रन बनाए ।

    नेपालको बलिङसामु आयरल्यान्ड ए का ब्याटर चल्न सकेनन् ।  नेपालका कमलसिंह ऐरीले ६।३ ओभरमा १ मेडनसहित २१ रन खर्चेर ४ विकेट लिए ।

    कमलले ३९ औं ओभरको पहिलो बलमा लियाम म्याकार्थी, दोस्रो बलमा म्याथ्यु हम्फ्रेज र तेस्रो बलमा बेन ह्वाइटलाई आउट गर्दै  ह्याट्रिक पुरा गरे । 

    २०२२ मा चोटपछि टोलीमा फर्किएका कमलले टी-२० पछि एकदिवसीयमा पनि उच्च प्रदर्शन गरेका छन् ।  मौसम ढकाल र साहब आलमले दुई–दुई तथा रिजन ढकालले एक विकेट लिए ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार