सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

नेपालले गुजरातलाई दियो १८२ रनको लक्ष्य

नेपालले गुजरातलाई दियो १८२ रनको लक्ष्य

साझा पोष्ट
बुधबार, चैत २१ २०८०
  • images
    नेपालले गुजरातलाई दियो १८२ रनको लक्ष्य
    images

    काठमाडौं । एसएमएस फ्रेन्डसिप कप त्रिकोणात्मक सिरिज अन्तर्गत गुजरातलाई  नेपाली राष्ट्रिय क्रिकेट टोलीले १ सय ८२ रनको विशाल लक्ष्य दिएको छ । 

    images
    images


    गुजरातको वापीस्थित साइ मेघपान स्पोर्टस् लाइफ मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनायो । 

    images
    images


    पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट साझेदारी गरे । यो जोडीले १३.३ ओभरमा १ सय २५ रन जोड्यो । 

    आशिफ शेखले ५१ बल खेल्दै १० चौका र ५ छक्का प्रहार गर्दै  ८५ रन बनाए ।  कुशलले ६७ रन बनाए । कुशलले ४४ बलमा ९ चौका र २ छक्का हाने । ओपनरले उत्कृष्ट सुरुवात गरेपनि मध्यक्रमका ब्याटरहरु टिक्न सकेनन्। 


    विवेक यादव ७ र प्रतिश जिसी ४ रनमा नटआउट रहे। सन्दीप जोरा २ र कुशल मल्लले १ रन बनाए। गुलशन झा ४ र रोहित पौडेल ३ रनमा आउट भए। अनिल साहले खाता खोल्ने सकेनन् ।  

    गुजरातका लागि जयमित पटेलले ३ विकेट लिए। आर्या देसाई र दुसन्त सोनीले समान २ विकेट लिए।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार