सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

कोलकाताले दिल्लीलाई दियो २७३ रनको विशाल लक्ष्य

कोलकाताले दिल्लीलाई दियो २७३ रनको विशाल लक्ष्य

साझा पोष्ट
बुधबार, चैत २१ २०८०
  • images
    कोलकाताले दिल्लीलाई दियो २७३ रनको विशाल लक्ष्य
    images

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) मा कोलकाता नाईटराईडर्सले दिल्ली क्यापिटल्सलाई २ सय ७३ रनको विशाल लक्ष्य दिएको छ । 

    images
    images


     विशाखापटनममा टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ७२ रन बनायो । यो आईपीएल इतिहासकै दोस्रो ठूलो स्कोर हो । यसअघि सनराइजर्स हैदरावादले यही सिजन मुम्बईविरुद्ध २७७ रन बनाएर १३ वर्ष अघिको रेकर्ड तोडेको थियो । 

    images
    images

    कोलकाताका लागि सुनिल नारनले ३९ बलमा ७ चौका र ७ छक्काको सहयोगमा ८७ रन बनाए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आए गकृष्ण रघुवंशीले २७ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५४ रनको अर्धशतकीय ईनिङ खेले । नारन र रघुवंशीले दोस्रो विकेटका लागि ४८ बलमा १ सय ४ को शतकीय साझेदारी गरे । 

    आन्द्रे रसेलले १९ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४१ रन बनाए । रिंकु सिंहले ८ बलमा १ चौका र ३ छक्काको सहयोगमा २६ रन बनाए ।ओपनर फिलिप साल्टले १२ बलमा ४ चौकाको सहयोगमा १८ रन बनाए ।  कप्तान श्रेयस अय्यरले ११ बलमा २ छक्काको सहयोगमा १८ रन बनाए । 

    दिल्लीका लागि एनरिक नोर्कियाले ३ तथा इशान्त शर्माले २ विकेट लिए । मिचेल मार्शले १ विकेट लिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार