सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

दिल्लीलाई १०६ रनले हराउँदै कोलकाता आईपीएलको शीर्ष स्थानमा

दिल्लीलाई १०६ रनले हराउँदै कोलकाता आईपीएलको शीर्ष स्थानमा

साझा पोष्ट
बुधबार, चैत २१ २०८०
  • images
    दिल्लीलाई १०६ रनले हराउँदै कोलकाता आईपीएलको शीर्ष स्थानमा
    images

    काठमाडौं ।  दिल्ली क्यापिटल्सलाई १०६ रनले हराउँदै कोलकाता नाईटराईडर्स इन्डियन प्रिमियर लिग ९आइपीएल० को शीर्ष स्थानमा उक्लिएको  छ । तीन खेलबाट ६ अंक बटुल्दै कोलकाता शीर्ष स्थानमा पुगेको हो । समान ६ अंक भएपनि राजस्थान रोयल्स रन रेटमा पछि छ । विशाखापटनममा 
    २ सय ७३ रनको विशाल लक्ष्य दिएको छ । 

    images
    images

     विशाखापटनममा टस जितेर पहिले ब्याटिङ गरी निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ७२ रन बनाएको गरेको कोलकाताले दिल्लीलाई १७ ओभर २ बलमा १ सय ६ रनमा अलआउट गर्यो । दिल्लीका लागि कप्तान रिसब पन्तले आक्रामक ५५ र ट्रिस्टन स्टब्सले ५४ रन बनाएपनि हार टरेन । रिसबले २५ बलमा ५ छक्का र ४ चौका हाने । यस्तै स्टब्सले ३२ बलको सामना गर्दा समान ४ चौका र छकका हाने । अरुले खासै राम्रो खेल्न सकेनन् । कोलकताका लागि बरुण चक्रवर्ती र वैभव अरोराले समान ३ तथा मिचेल स्टार्कले २ विकेट लिए । 

    images
    images

    यसअघि कोलकाताले ७ विकेट गुमाएर २७२ रन बनाएको थियो । यो आईपीएल इतिहासकै दोस्रो ठूलो स्कोर हो । यसअघि सनराइजर्स हैदरावादले यही सिजन मुम्बईविरुद्ध २७७ रन बनाएर १३ वर्ष अघिको रेकर्ड तोडेको थियो । 

    कोलकाताका लागि सुनिल नारनले ३९ बलमा ७ चौका र ७ छक्काको सहयोगमा ८७ रन बनाए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आए गकृष्ण रघुवंशीले २७ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५४ रनको अर्धशतकीय ईनिङ खेले । नारन र रघुवंशीले दोस्रो विकेटका लागि ४८ बलमा १ सय ४ को शतकीय साझेदारी गरे । 

    आन्द्रे रसेलले १९ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४१ रन बनाए । रिंकु सिंहले ८ बलमा १ चौका र ३ छक्काको सहयोगमा २६ रन बनाए ।ओपनर फिलिप साल्टले १२ बलमा ४ चौकाको सहयोगमा १८ रन बनाए ।  कप्तान श्रेयस अय्यरले ११ बलमा २ छक्काको सहयोगमा १८ रन बनाए । 

    दिल्लीका लागि एनरिक नोर्कियाले ३ तथा इशान्त शर्माले २ विकेट लिए । मिचेल मार्शले १ विकेट लिए ।

    प्रतिक्रिया हरु
    थप समाचार