सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

गुजरातमाथि पञ्जाबको रोमाञ्चक जित

गुजरातमाथि पञ्जाबको रोमाञ्चक जित

साझा पोष्ट
शुक्रबार, चैत २३ २०८०
  • images
    गुजरातमाथि पञ्जाबको रोमाञ्चक जित
    images

    काठमाडौं ।  पञ्जाब किंग्सले इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बिहीबारको खेलमा गुजरात टाईटन्समाथि रोमाञ्चक जित हासिल गरेको छ ।  । पञ्जाबले गुजरातलाई ३ विकेटले हरायो । 
    गुजरातले दिएको २०० रनको विशाल लक्ष्य पञ्जाबले १ बल बाँकी रहँदा ७ विकेट गुमाएर पुरा गर्यो । पञ्जाबको जितमा शशाङ्क सिंहले २९ बलमा ६ चौका र ४ चौका सहित ६१ रनको आक्रामक इनिङ खेले । यस्तै प्रभसिम्रन सिंहले २४ बलमा ३५ रन बनाए ।अभिनव शर्माले १७ बलमा ३१ रनको योगदान गरे भने जोनी बेयर्सटोले २२ रन बनाए ।

    images
    images

    गुजरातका लागि नूर अहमदले २ तथा अजमतुल्लाह ओमारजाई, उमेश यादव, राशिद खान, मोहित शर्मा र दर्शन नलकण्डेले समान १–१ विकेट लिए ।त्यसअघि अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९९ रन बनायो । गुजरातका लागि कप्तान शुभमन गिलले ४८ बलमा ६ चौका र ४ चौका सहित ८९ रनको अविजित इनिङ खेले ।

    images
    images

    यस्तै साई सुदर्शनले ३३, केन विलियमसनले २६ तथा राहुल टेवाटियाले २३ रन बनाए ।पञ्जाबका लागि कागीसो रबाडाले २ तथा हरप्रित ब्रार र हर्षल पटेलले १-१ विकेट लिए ।

    जित पछि ४ खेलमा २ जित हात पारेको पञ्जाब तालिकाको पाँचौं स्थानमा छ । गुजरात पनि ४ खेलमा समान २ जित सहित एक स्थान तल  छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार