सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

आयरल्यान्ड ‘ए’ र नेपाल ‘ए’ बीचको दोस्रो खेल आज, नेपाल जित्नै पर्ने दबाबमा

आयरल्यान्ड ‘ए’ र नेपाल ‘ए’ बीचको दोस्रो खेल आज, नेपाल जित्नै पर्ने दबाबमा

साझा पोष्ट
शुक्रबार, चैत २३ २०८०
  • images
    आयरल्यान्ड ‘ए’ र नेपाल ‘ए’ बीचको दोस्रो खेल आज, नेपाल जित्नै पर्ने दबाबमा
    images

    काठमाडौं । नेपाल ‘ए’ले दोस्रो एकदिवसीय क्रिकेट आज आयरल्यान्ड ‘ए’सँग खेल्दैछ । खेल अहिले साढे ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।

    images
    images

    नेपाल पहिलो खेलमा २१ रनले पराजित भएको थियो । तीव्र गतिका बलर कमलसिंह ऐरीले ह्याट्रिकसहित चार विकेट लिएपछि आयरल्यान्ड १५७ रनमा अल आउट भएको थियो । तर म्याथ्यु हम्फ्रेजले ५ र लियाम म्याकार्थीले ४ विकेट लिएपछि नेपाल १३६ रनमा अलआउट भएको थियो ।

    images
    images

    आयरल्यान्ड ‘ए’ र नेपालको सिनियर टोलीबीच दुई टी–२० खेल भएको थियो । दुवै खेलमा नेपाल विजयी भएको थियो । नेपाल ‘ए’सँग तीन टी–२० सिरिज आयरल्यान्डले २–१ ले जितेको थियो । तीन एकदिवसीय सिरिजको अन्तिम खेल आइतबार हुनेछ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार