सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

बरोडाविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

बरोडाविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

साझा पोष्ट
शुक्रबार, चैत २३ २०८०
  • images
    बरोडाविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल
    images

    काठमाडौं । भारतमा जारी  एसएमएस फ्रेन्डसिप कप त्रिकोणात्मक श्रृंखला अन्तर्गत लिगको अन्तिम खेलमा नेपालले टस हारेको छ । भारतीय टिम बरोडाले टस जितेर पहिले ब्याटिङ रोजेको छ । 

    images
    images

    नेपालले आज टोलीमा चार परिवर्तन समेत गरेको छ ।  कप्तान रोहित पौडेल सहित सोमपाल कामी, अविनाश बोहोरा र आसिफ शेखले विश्राम लिएका छन् ।  पछिल्लो खेलमा बाहिर रहेका ललित राजवंशी, करन केसी, दीपेन्द्र सिंह ऐरी, आकाश चन्द टोलीमा छन् ।

    images
    images

    रोहितको अनुपस्तिथिमा आज नेपालको कप्तानी दिपेन्द्र सिंह ऐरीले गर्ने छन् । खेल नेपाली समय अनुसार दिउँसो १२ः४५ बजे वापिस्थित साइ मेघपन स्पोर्ट्सलाइफ (एसएमएस) मैदानमा हुनेछ ।

    नेपाल र गुजरात दुवै टोली फाइनल प्रवेश गरिसकेका छन् । नेपालको ३ खेलमा ६ अंक छ । गुजरातको ४ खेलमा ४ अंक छ भने बरोडा ३ खेलमा अंकविहिन छ ।

    नेपाल एसीसी मेन्स प्रिमियर कप र टी२० विश्वकपको तयारीका लागि भारत भ्रमणमा गएको हो ।

    प्रतिक्रिया हरु
    थप समाचार