सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

आयरल्यान्ड 'ए' ले नेपाल 'ए' लाई दियो १७५ रनको लक्ष्य

आयरल्यान्ड 'ए' ले नेपाल 'ए' लाई दियो १७५ रनको लक्ष्य

साझा पोष्ट
शुक्रबार, चैत २३ २०८०
  • images
    आयरल्यान्ड 'ए' ले नेपाल 'ए' लाई दियो १७५ रनको लक्ष्य
    images

    काठमाडौं । आयरल्यान्ड ए ले दोस्रो एकदिवसीय खेलमा नेपाल ए लाई १७५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ३८.४ ओभरमा १७४ रनमा अल आउट भयो ।

    images
    images

     एक समय ५०–६ को अवस्थामा पुगेको पाहुना टोलीलाई कप्तान, निल रक, गेभिन होई र लियाम म्याकार्थीले सम्हाले । 
     ९४–७ को अवस्थामा पुगेको आयरल्यान्डलाई आठौं विकेटका लागि गेभिन र लियाम म्याकार्थीले ५४ रनको साझेदारी गरे । 
    आयरल्यान्डका गेभिन होईले ५९ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए ।

    images
    images

    कप्तान निल रक ३८ बलमा ३ चौका र ३ छक्कासहित ४५ रनमा आउट भए । अन्तिम विकेटको रुपमा आउट भएका लियाम म्याकार्थी ५४ बलमा ३ चौकासहित ३५ रनमा आउट भए । पिटर मुर १७ रनमा आउट भए ।

    नेपालका स्पिनर साहब आलमले १० ओभरमा १ मेडनसहित ३५ रन खर्चेर ३ विकेट लिए । रिजन ढकालले ८ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । मौसम ढकालले २ र कमलसिंह ऐरीले १ विकेट लिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार