सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

खराब ब्याटिङले भारतमा नेपालको पहिलो हार

खराब ब्याटिङले भारतमा नेपालको पहिलो हार

साझा पोष्ट
शुक्रबार, चैत २३ २०८०
  • images
    खराब ब्याटिङले भारतमा नेपालको पहिलो हार
    images

    काठमाडौं ।  भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कप त्रिकोणीय श्रृंखलामा नेपाल  बरोडासँग ३७ रनले पराजित भएको छ । १५७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा ११९ रनमा अल आउट भयो ।

    images
    images

    नेपालका सन्दीप जोराले ४३ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ५६, कुशल भुर्तेल १६, विवेक यादवले १७ रन बनाए । यस्तै  कुशल मल्ल ३,  दीपेन्द्रसिंह ऐरी २, अनिलकुमार शाह र गुलशन झा १–१ रन  र करण केसी शून्यमा आउट भए ।

    images
    images

    बरोडाका ध्रुव पटेलले ३।५ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । लक्षित तोक्सियाले ३, जय अभले २ विकेट लिए ।

    त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको  बरोडाले २० ओभरमा ८ विकेट गुमाउदै १५६ रन बनाएको थियो । बरोडाका ध्रुव पटेलले १४ बलमा २ चौका र २ छक्कासहित २९, शाश्वत रावत ३१ र मोहित मोगिंयाले २२ रन बनाए ।


    नेपालका करण केसी र गुलशन झाले २–२ विकेट लिए । आकाश चन्द, प्रतिश जि.सी र ललित राजवंशीले १–१ विकेट लिए । यसअघि नेपालले गुजरातलाई ८ विकेट र ८ रन तथा बरोडालाई २७ रनले हराएको थियो । नेपालले फाइनलमा आइतबार गुजरातसँग खेल्नेछ ।

    प्रतिक्रिया हरु
    थप समाचार