सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

चेन्नाईको दोस्रो हार, हैदरावाद ६ विकेटले विजयी

चेन्नाईको दोस्रो हार, हैदरावाद ६ विकेटले विजयी

साझा पोष्ट
शनिबार, चैत २४ २०८०
  • images
    चेन्नाईको दोस्रो हार, हैदरावाद ६ विकेटले विजयी
    images

    काठमाडौं । इन्डियन प्रिमिर लिग (आईपीएल)को जारी सिजनमा चेन्नाई सुपर किंग्सले दोस्रो हार बेहोरेको छ । 

    images
    images

    शुक्रबार राति भएको खेलमा चेन्नाईलाई सनराइजर्स हैदराबादले ६ विकेटले पराजित गरेको हो ।चेन्नाईले दिएको १६६ रनको लक्ष्य हैदराबादले १८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

    images
    images

    हैदराबादलाई जिताउन ऐडन मार्क्रमले ५०, ओपनर अभिषेक शर्माले ३७, ट्राभिस हेडले ३१, नितिश कुमार रेड्डीले १४ र हेनरिच क्लासेनले नटआउट १० रनको योगदान गरे ।अभिषेक शर्माले ११ बलमा ३७ रनको आक्रामक इनिंग खेले । 

    । चेन्नाईका मोइन अलीले २, दीपक चाहर र महिश थिकशानाले एक-एक विकेट लिए ।यसअघि ब्याटिङ गरेको चेन्नाईले पाँच विकेटको क्षतिमा पूरै २० ओभर खेल्दै १६५ रन बनाएको थियो ।

    चेन्नाईका शिवम दुवेले ४५, रवीन्द्र जडेजाले ३१, अजिंक्या रहानले ३५ रन,  रुतुराज गायकवाडले २६ रन जोडे । हैदराबादका भुवनेश्वर कुमार, टी नटराजन, प्याट कमिन्स, सहबाज अहमद र जयदेव उनादकटले एकरएक विकेट लिए ।

    यो खेल हारे पनि दुईमा जित र दुईमा सहित ४ अंक जोडेको चेन्नाई तेस्रो स्थानमा छ भने चार खेलमा ४ अंक नै जोडेको हैदराबाद पाँचौं स्थानमा छ । रनरेटमा हैदराबादभन्दा लखनउ एकस्थानमा माथि  छ ।

    सतप्रतिशत जितका साथ समान ६ अंक जोडेका कोलकाता नाइट्स राइडर्स र राजस्थान रोयल्स क्रमश पहिलो र दोस्रो स्थानमा छन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार