सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

राजस्थानको चौथो जित, बेंगलोरको चौथो हार

राजस्थानको चौथो जित, बेंगलोरको चौथो हार

साझा पोष्ट
आइतबार, चैत २५ २०८०
  • images
    राजस्थानको चौथो जित, बेंगलोरको चौथो हार
    images

    काठमाडौं ।  जोस बटलरको शतक बनाएपछि राजस्थान रोयल्सले इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत शनिबार राति रोयल च्यालेन्जर्स बेंगलोरलाइ ६ विकेटले पराजित गरेको छ । आरसीबीको चौथो र राजस्थानको यो चौथो जित हो । 

    images
    images

    बेंगलोरले दिएको १८४ रनको लक्ष्य राजस्थानले ४ विकेट गुमाएर ५ बल बाँकी छँदै भेट्टायो । राजस्थानका लागि बटलरले अन्तिम बलमा शतक पुर्याए । ६ बलमा १ रन चाहिएको अवस्थामा बटलर ९४ रनमा रहेका बटलरले अन्तिम ओभरको पहिलो बलमा नै छक्का प्रहार गरेर ५८ बलमा शतक पुरा गरे । उनले ९ चौका र ४ छक्का हाने । 

    images
    images

    राजस्थानका लागि कप्तान सञ्जु स्यामसनले ४२ बलमा ८ चौका र २ छक्का सहित ६९ रन जोडे । शिमरन हेटमायरले ११ रन बनाए ।आरसिबिका लागि रिस टोप्लीले २ तथा यश दयाल र मोहम्मद सिरजले १–१ विकेट लिए ।

    त्यसअघि जयपुरमा टस हारेर पहिले ब्याटिङ गरेको आरसिबिले २० ओभरमा ३ विकेट गुमाउँदै १८३ रन जोड्यो । आरसिबिका लागि विराट कोहलीले ७२ बलमा १२ चौका र ४ छक्का सहित ११३ रनको शतकीय इनिङ खेले । यस्तै कप्तान फ्याफ डु प्लेसिसले ३३ बलमा ४४ रन बनाए । तर अन्य ब्याटर चल्न नसक्दा आरसिबिले अझ ठूलो योगफल खडा गर्न सकेन ।

    राजस्थानका लागि युजभेन्द्र चहलले २ तथा नन्द्रे बर्गरले १ विकेट लिएका थिए ।

    जित पछि राजस्थान ४ खेलमा ४ जित सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ५ खेलमा १ मात्र जित हात पारेको आरसिबि आठौं स्थानमा छ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार