सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

नेपालले टस जितेर गुजरातविरुद्ध ब्याटिङ रोज्यो

नेपालले टस जितेर गुजरातविरुद्ध ब्याटिङ रोज्यो

साझा पोष्ट
आइतबार, चैत २५ २०८०
  • images
    नेपालले टस जितेर गुजरातविरुद्ध ब्याटिङ रोज्यो
    images

    काठमाडौं । भारत भ्रमणमा रहेको नेपालले एसएमएस फ्रेन्डसिप त्रिकोणीय श्रृंखला अन्तर्गत फाइनलमा गुजरातसँग टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ ।
    कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ रोजेका छन् । नेपालले पछिल्लो खेलमा बरोडाबाट चार परिवर्तन गरेको छ । नेपालको टोलीमा कप्तान रोहित पौडेल, सोमपाल कामी, अभिनाश बोहरा र आसिफ शेख फर्किएका छन् ।

    images
    images

    आज तीव्र गतिका बलर आकाश चन्द, प्रतिश जि।सी, ललित राजवंशी र अनिल शाह आज बेन्चमा छन् ।

    images
    images

    सिरिजको सुरुवाती खेलमा नेपालले गुजरातलाई ८ विकेट र ८ रन तथा बरोडालाई २७ रनले हराएको थियो । अन्तिम खेलमा भने नेपाल बरोडासँग ३७ रनले पराजित भएको थियो ।  गुजरातले बरोडालाई ५ विकेट र ५७ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार