सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

आयरल्याण्ड 'ए'ले नेपाल 'ए' लाई दियो २८५ रनको बलियो लक्ष्य

आयरल्याण्ड 'ए'ले नेपाल 'ए' लाई दियो २८५ रनको बलियो लक्ष्य

स्टेफन डोहेनीले बनाए शतक

साझा पोष्ट
आइतबार, चैत २५ २०८०
  • images
    आयरल्याण्ड 'ए'ले नेपाल 'ए' लाई दियो २८५ रनको बलियो लक्ष्य
    images

     काठमाडौं । ओपनर स्टेफन डोहेनीले शतक बनाएपछि  आयरल्यान्ड ए ले तेस्रो तथा अन्तिम एकदिवसीय अभ्यास  नेपाल ए लाई २८५ रनको लक्ष्य दिएको छ ।

    images
    images

    त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्डले ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रन बनायो ।

    images
    images

    आयरल्यान्डका स्टेफन डोहेनीले १२९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक १०७ रन बनाए । डोहोनीको यो अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक हो । 

    पिटर मुर २५ बलमा २ चौका र ५ छक्कासहित ४४ रनको आक्रामक इनिङ खेले । केड कार्माइकल २१, गेभिन होइ १४, फिओन ह्यान्ड २० र  जेम्श म्याकुलम ९ रनमा आउट भए ।

    तल्लोक्रममा बेन ह्वाइटले १९ र म्याथ्यु हम्फ्रेजले २३ रनको योगदान दिए । डेब्यू खेल खेलेका बायाँ हाते स्पिनर  रञ्जित कुमारले १० ओभरमा १ मेडनसहित ५१ रन खर्चेर ३ विकेट लिए । तीव्र गतिका बलर रिजन ढकालले १० ओभरमा ७५ रन खर्चेर ३ विकेट लिए । विकाश आग्री र साहब आलमले १-१ विकेट लिए । तीन खेलको सिरिज एक खेल अगावै नेपालले गुमाई सकेको छ ।

    प्रतिक्रिया हरु
    थप समाचार