सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

फाइनलमा नेपालले गुजरातलाई दियो १७७ रनको लक्ष्य

फाइनलमा नेपालले गुजरातलाई दियो १७७ रनको लक्ष्य

साझा पोष्ट
आइतबार, चैत २५ २०८०
  • images
    फाइनलमा नेपालले गुजरातलाई दियो १७७ रनको लक्ष्य
    images

    काठमाडौं । एसएमएस फ्रेन्डसिप कप त्रिकोणीय सिरिजको फाईनलमा नेपाली राष्ट्रिय टोलीले गुजरातलाई  १ सय ७७ रनको लक्ष्य दिएको छ । 

    images
    images

    गुजरातको वापीस्थित साई मेघपान स्पोर्टस् लाइफ मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाली टोलीले कप्तान रोहित पौडेको अर्धशतक मद्दतमा निर्धारित २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १ सय ७६ रन बनायो । 

    images
    images

    नेपालका लागि रोहित पौडेलले  सर्वाधिक ७४ रन  बनाए ।  रोहितले ४७ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै आक्रामक खेले । कुशल मल्ल ३१ र सन्दीप जोरा ७ रनमा नटआउट रहे। कुशलले मात्रै १३ बलमा ३१ रन हाने । 


    ओपनर आशिफ शेख ३४ र कुशल भुर्तेल १९ रन बनाएर आउट भए। दीपेन्द्र सिंह ऐरीले ७ रन बनाए । गुजराताका लागि जयमित, शेन पटेल, तेजस पटेल र जला युवराजसिंहले समान एक–एक विकेट लिए। गुजरातले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार