सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

अर्जुनको शतकका बाबजुद नेपाल 'ए 'पराजित

अर्जुनको शतकका बाबजुद नेपाल 'ए 'पराजित

साझा पोष्ट
आइतबार, चैत २५ २०८०
  • images
    अर्जुनको शतकका बाबजुद नेपाल 'ए 'पराजित
    images

    काठमाडौं । युवा ओपनर अर्जुन कुमालको शतकको बाबजुद नेपाल ए तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा आयरल्यान्ड ए सँग ६९ रनले पराजित भएको छ ।

    images
    images

    योसँगै आयरल्याण्डले सिरिज ३–० ले ‘क्लिनस्विप’ गरेको छ ।  नेपाल पहिलो खेलमा २७ रन र दोस्रोमा ११४ रनले पराजित भएको थियो ।

    images
    images

    २८५ रनको लक्ष्य पछ्याएको नेपाल ३९.४ ओभरमा २१५ रनमा अल आउट भयो । ओपनर अर्जुन कुमालले ११८ बलमा १४ चौकासहित १०२ रनको शतकीय इनिङ खेले । सिनियर क्रिकेट र लिस्ट ए मा उनको पहिलो शतक हो। यू १९ अन्तर्राष्ट्रियमा भने दुई शतक हानेका छन् ।

    अर्का ओपनर अर्जुन साउद ३० बलमा ४ चौका र ३ छक्कासहित ३६ रन बनाए । अन्य कुनै पनि ब्याटरले राम्रो गर्न सकेनन् । देव खनाल ११, नरेन भट्ट १५, विनोद भण्डारी ४, भीम सार्की डक र रुपेश सिंह १५ रनमा आउट भए ।

    आयरल्यान्डका बेन ह्वाइटले १० ओभरमा १ मेडनसहित ६२ रन खर्चेर ५ विकेट लिए । गेभिन होइले ४ र म्याथ्यु फस्टरले १ विकेट लिए ।

    त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्डले ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रन बनाएको थियो ।

    आयरल्यान्डका स्टेफन डोहेनीले १२९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक १०७ रन बनाए । डोहोनीको यो अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक हो । 

    पिटर मुर २५ बलमा २ चौका र ५ छक्कासहित ४४ रनको आक्रामक इनिङ खेले । केड कार्माइकल २१, गेभिन होइ १४, फिओन ह्यान्ड २० र  जेम्श म्याकुलम ९ रनमा आउट भए ।

    तल्लोक्रममा बेन ह्वाइटले १९ र म्याथ्यु हम्फ्रेजले २३ रनको योगदान दिए । डेब्यू खेल खेलेका बायाँ हाते स्पिनर  रञ्जित कुमारले १० ओभरमा १ मेडनसहित ५१ रन खर्चेर ३ विकेट लिए । तीव्र गतिका बलर रिजन ढकालले १० ओभरमा ७५ रन खर्चेर ३ विकेट लिए । विकाश आग्री र साहब आलमले १-१ विकेट लिए ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार