सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

गुजरातलाई हराउँदै नेपालले जित्यो त्रिकोणीय श्रृंखलाको उपाधि

गुजरातलाई हराउँदै नेपालले जित्यो त्रिकोणीय श्रृंखलाको उपाधि

साझा पोष्ट
आइतबार, चैत २५ २०८०
  • images
    गुजरातलाई हराउँदै नेपालले जित्यो त्रिकोणीय श्रृंखलाको उपाधि
    images

    काठमाडौं । भारतको गुजरात भएको  एसएमएस फ्रेन्डसिप त्रिकोणीय टी–२०  सिरिजको नेपालले उपाधि नेपाली टोलीले जितेको छ । 

    images
    images

    आइतबार गुजरात क्रिकेट एसोसियसनको टिमसँगको उपाधि भिडन्तमा नेपालले १८ रनले विजयी भयो । 
    गुजरातको वापीस्थित साई मेघपान स्पोर्टस् लाइफ मैदानमा नेपालले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको गुजरात टिमले ८ विकेटको क्षतिमा १५८ रन मात्रै बनाउन सक्यो । 
    गुजरातका लागि कप्तान उमङ्ग रोहित कुमारले २८ बलमा सर्वाधिक ४० रन जोड्न सफल भए । यस्तै आर्य देसाईले २४ बलमा ३६ रन बनाए । रुद्र मयूर पटेलले १७ रन बनाए भने जयमित पटेलले १५ रन जोडे ।

    images
    images

    rohit.jpg

    नेपालका लागि अविनाश बोहोराले ३ तथा दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए । यस्तै करन केसी र कुशल मल्लले समान १-१ विकेट लिए ।यसअघि टस जितेर ब्याटिङ गरेको नेपाली टोलीले कप्तान रोहित पौडेको अर्धशतक मद्दतमा निर्धारित २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १ सय ७६ रन बनायो । 

     

    नेपालका लागि रोहित पौडेलले  सर्वाधिक ७४ रन  बनाए ।  रोहितले ४७ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै आक्रामक खेले । कुशल मल्ल ३१ र सन्दीप जोरा ७ रनमा नटआउट रहे। कुशलले मात्रै १३ बलमा ३१ रन हाने । 

    ओपनर आशिफ शेख ३४ र कुशल भुर्तेल १९ रन बनाएर आउट भए। दीपेन्द्र सिंह ऐरीले ७ रन बनाए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार