सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

आईपीएलमा मुम्बईको पहिलो जित, दिल्लीको लगातार चौथो हार

आईपीएलमा मुम्बईको पहिलो जित, दिल्लीको लगातार चौथो हार

साझा पोष्ट
आइतबार, चैत २५ २०८०
  • images
    आईपीएलमा मुम्बईको पहिलो जित, दिल्लीको लगातार चौथो हार
    images

    काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा पहिलो जित निकालेको छ ।

    images
    images

    आईतवार भएको पहिलो खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई २९ रनले हराएको हो । मुम्बईले लगातार तीन हारपछि जित निकाल्यो । वानेखेडे मैदानमा पाँच पटकको च्याम्पियन घरेलु टोली मुम्बईले दिएको २३५ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै २०८ रन बनायो ।

    images
    images

    दिल्लीका ट्रिस्टन स्टब्सले २५ बलमा ३ चौका र ७ छक्कासहित ७१ रनमा नट आउट रहे । पृथ्वी शाले ४० बलमा ८ चौका र ३ छक्कासहित ६६ रन बनाए । यस्तै अभिषेक पोरेलले ४१ रन बनाए ।

    मुम्बईका जेराल्ड कोट्जीले ४ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए । जस्प्रित बुमराहले २ र रोमारियो शेफर्डले १ विकेट लिए । त्यसअघि वानखडे स्टेडियमा टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै २३४ रन बनाएको थियो ।

    टिम डेविड २१ बलमा २ चौका र ४ छक्कासहित ४५ रनमा नट आउट रहे । रोमारियो शेफर्ड १० बलमा ३ चौका र ४ छक्कासहित ३९ रनमा नट आउट रहे ।

    अन्तिम ओभरमा शेफर्डले एनरिच नोर्कियालाई ३२ रन हानेका थिए । रोहित शर्मा ४९, ईशान किशन ४२ र हार्दिक पान्ड्या ३९ रनमा आउट भए ।दिल्लीका अक्षर पटेल र एनरिच नोर्कियाले २–२ विकेट लिए । खलिल अहमदले १ विकेट लिए ।

    प्रतिक्रिया हरु
    थप समाचार