शनिबार, जेठ ५ गते २०८१
Logo
शनिबार, जेठ ५ गते २०८१
images

सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरत थापाविरूद्ध भ्रष्टाचारको मुद्दा

सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरत थापाविरूद्ध भ्रष्टाचारको मुद्दा

साझा पोष्ट
बुधबार, चैत २८ २०८०
  • images
    सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरत थापाविरूद्ध भ्रष्टाचारको  मुद्दा
    images

    काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गर्दै बुधबार थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । थापाले २०७४ असोजदेखि २०७९ माघसम्म७ करोड ८६ लाख ५० हजार वैध तरिकाले कुल आम्दानी गरेको र यही अवधिमा १३ करोड २० रुपैयाँ लगानी तथा खर्च गरेको अख्तियारले जनाएको छ ।कुल आय तथा लगानी र खर्चबीचको तादाम्यता नमिलेको ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ अवैध तरिकाले आम्दानी गरेको अख्तियारले जनाएको छ । अख्तियारले सोही रकम बराबर बिगो कायम गरी जरिवाना, सजाय तथा सम्पत्ति असुलउपर गर्न माग गरेको छ ।

    images
    images
    images

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार