शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

गुल्मी र अर्घाखाँचीका विभिन्न ठाउँमा आगलागी, कम्तीमा ६० घरगोठ जले

गुल्मी र अर्घाखाँचीका विभिन्न ठाउँमा आगलागी, कम्तीमा ६० घरगोठ जले

साझा पोष्ट
शनिबार, वैशाख ८ २०८१
  • images
    गुल्मी र अर्घाखाँचीका विभिन्न ठाउँमा आगलागी, कम्तीमा ६० घरगोठ जले
    images

    गुल्मी । गुल्मी र अर्घाखाँचीका विभिन्न ठाउँका वनमा लागेको डढेलो गाउँमा सल्किँदा कम्तीमा ४० वटा घर र गोठ जलेका छन् ।   यस्तै कम्तीमा ५० पशु चौपाया मरेका छन् । गुल्मीको इस्मा गाउँपालिका–२  मा आगलागी हुँदा ३८ घरगोठ जलेका छन् । स्थानीय सामुदायिक वनमा लागेको आगो बस्तीमा पनि फैलिँदा १३ घर र २५ गोठ जलेका छन् ।   घरगोठ जल्दा ४० भन्दा बढी भैंसी तथा बाख्रा पनि जलेका छन् ।आगो निभाउने प्रयास भैरहेको छ । 

    images
    images
    images
    agao+gulmi.jpg

    आगलागीबाट इस्मा गाउँपालिका– १ उजुङका १९ बर्षीय हिमाल राना र मुसिकोट नगरपालिका–७ का २१ बर्षीय प्रेम राना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि गुल्मी अस्पतालबाट पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै मदाने गाउँपालिका वडानंबर ६ तीन वटा घर गोठ जलेका छन् । यहाँ केही पशु चौपाया पनि मरेका छन् । धुर्कोट गाउँपालिका वडानंबर २ मा पनि भीषण आगो लागेको छ । आगो निभाउन सकिएको छैन, स्थानीयले आगो गाउँमा पस्न नदिने कोशिस गरिरहेका छन् । 

    images
    images
    Gulmi_aago_1.jpg

     अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा भीषण आगलागीका भएको छ । आगो अहिले पनि नियन्त्रण बाहिर रहेको जनाइएको छ । वनमा लागेको आगो हावाहुरीका कारण दिउँसो १ बजेतिर बस्तीमा पसेको थियो । 

    भूमिकास्थान नगरपालिका धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्कलगायतका गाउँमा भएको भीषण आगलागीबाट झण्डै २० घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी दीपेन्द्र रावलले जानकारी दिए । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार