शनिबार, जेठ ५ गते २०८१
Logo
शनिबार, जेठ ५ गते २०८१
images

पाल्पामा डढेलो निभाउँदा २ जना घाईते

पाल्पामा डढेलो निभाउँदा २ जना घाईते

साझा पोष्ट
आइतबार, वैशाख ९ २०८१
  • images
    पाल्पामा डढेलो निभाउँदा २ जना घाईते
    images

    बुटवल । पाल्पामा शनिबार दिउँसोदेखि लागेको आगो निभाउने क्रममा २ जना घाइते भएका छन् ।  रैनादेवी छहरा १ का ५५ वर्षीय टोपबहादुर बुढा र माथागढी ४, जामुनडाँडाका ६५ वर्षीय पूर्णबहादुर काम्मु घाईते भएका छन् । 

    images
    images
    images

    गम्भीर घाइते भएका बुढालाई थप उपचारका लागि तानसेनस्थित अस्पतालमा रिफर गरिएको रैनादेवी छहरा–१ का वडा अध्यक्ष सोमबहादुर दर्लामीले जानकारी दिए। 

    images
    images

    आगलागीबाट स्थानीय भविश्वर पाण्डेय र रामनाथ पाण्डेको घर गोठ जलेर नष्ट भएको छ । सिद्धेश्वर क्षेत्रमा लागेको आगो अझै नियन्त्रणमा आउने नसकेको स्थानीयले बताएका छन् ।स्थानीय खमीसरा काम्मुको गोठबाट सल्केको आगोले ५ जनाको घर गोठ जलेर पूर्ण रूपमा नष्ट भएको थियो । घर गोठमा लागेको आगो नियन्त्रणमा आए पनि उक्त आगो जंगलमा पसेको र अझै नियन्त्रणमा आउन नसकेको स्थानीयले बताएका छन् ।

    यसैबीच जिल्ला सदरमुकाम तानसेनसहित जिल्लाका विभिन्न स्थानमा गरी २ दर्जनबढी स्थानमा डढेलो लागेको छ । तानसेनको बतासेडाँडा, श्रीनगरडाँडा, धरमपानी, वनदेवी, विस्कुनडाँडाको तल्लो भेगलगायतका क्षेत्रमा आगो लागेको हो ।

    यस्तै बगनासकालीको चिर्तुङधारा, बगनास,  रिब्दीकोकोटको विभिन्न स्थानमा लागेको आगो पनि नियन्त्रणमा आउन नसकेको स्थानीयले जनाएका छन् । शनिबार बेलुकीदेखि लागेको आगो आइतबार बिहान पनि निभाउने प्रयास भइरहेको स्थानीयले बताएका छन् । सिद्धेश्वरको साउने, मन्द्रान, मोहरे क्षेत्रमा शनिबार बिहानैदेखि आगलागी भएको थियो ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार