शनिबार, जेठ ५ गते २०८१
Logo
शनिबार, जेठ ५ गते २०८१
images

विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता: अमेरिकाको पीआर लिएपछि सरकारी पदमा गएको आरोप

विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता: अमेरिकाको पीआर लिएपछि सरकारी पदमा गएको आरोप

साझा पोष्ट
आइतबार, वैशाख ९ २०८१
  • images
    विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता: अमेरिकाको पीआर लिएपछि सरकारी पदमा गएको आरोप
    images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।पदमा रहँदा अमेरिकाको स्थायी आवासीय अनुमति पत्र लिएको आरोपमा उनीविद्धरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आज मुद्दा दायर गरेको हो ।

    images
    images
    images

    अमेरिकाको पीआर लिइसकेपछि नेपालको सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक बनेको आरोप उनीमाथि छ ।उनीविरुद्ध यसअघि नै सुरक्षण मुद्रण केन्द्रमा अनियमितता गरेको आरोपमा दायर भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ । गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा पक्राउ परेका उनलाई विशेष अदालतको अनुमतिमा म्याद थप गरेर अख्तियारले अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा उनका दाजु सुनील पौडेल दोषी ठहर भईसकेका छन् ।

    images
    images

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार