शुक्रबार, जेठ ४ गते २०८१
Logo
शुक्रबार, जेठ ४ गते २०८१
images

एमाले अध्यक्ष ओली अस्वस्थ, गोदावरी बैठकमा गएनन्

एमाले अध्यक्ष ओली अस्वस्थ, गोदावरी बैठकमा गएनन्

साझा पोष्ट
आइतबार, वैशाख ९ २०८१
  • images
    एमाले अध्यक्ष ओली अस्वस्थ, गोदावरी बैठकमा गएनन्
    images


    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्।अस्वस्थ भएपछि ओली ललितपुरको गोदवारीमा शनिबारदेखि जारी पार्टीको राष्ट्रिय महाधिवेशन प्रथम परिषद् बैठकमा  गएका छैनन् । 

    images
    images
    images

    यसैले आज दोस्रो दिनको बैठकको अध्यक्षता एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन्।‘अध्यक्ष कमरेड केपी शर्मा ओली अस्वस्थताका कारण उपस्थित हुन नसकेपछि बरिष्ठ उपाध्यक्ष कमरेड ईश्वर पोखरेलको अध्यक्षतामा महाधिवेशन प्रतिनिधि परिषद्को आजको बैठक सुरु भएको छ ।’ रिजालले भने । 

    images
    images


    स्वास्थ्यमा समस्या देखिएको भन्दै शनिबार दिउँसो ओली बैठकबाट बाहिरिएका थिए । राजनीतिक प्रतिवेदन पढिसकेपछि ओलीले बैठकको अध्यक्षता वरिष्ठ उपाध्यक्ष पोखरेलले गर्ने जानकारी दिएका थिए ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार