काठमाडौं । वेस्टइन्डिज 'ए' ले दोस्रो टी-२० खेलमा घरेलु टोली नेपाललाई १ सय ६१ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनायो । वेस्टइन्डिजका आन्द्रे फ्लेचरले ३६ बलमा ३ छक्कासहित सर्वाधिक ४३ रन बनाए ।
नवौं नम्बरका ब्याटर गुडाकेश मोतीले ८ बलमा २ चौका र ४ छक्कासहित आक्रामक ३३ रन बनाउँदै नट आउट रहे । म्याथ्यु फर्डले ६ बलमा १ छक्कासहित ११ रनमा नट आउट रहे । कप्तान रोस्टन चेज २३ केसी कार्टी १०, किमो पल ८ र हेयडन वाल्स ९ रनमा आउट भए । अन्तिम २ ओभरमा वेस्टइन्डिजले ४१ रन जोडेको थियो ।
अन्तिम ओभरमा मोतीले दीपेन्द्रसिंह ऐरीलाई ३ छक्का र १९ ओभरमा आकाश चन्दलाई एक चौका र एक छक्का हाने । आकाशलाई फर्डले पनि एक छक्का हाने । नेपालका लागि सागर ढकाल, कुशल भूर्तेलले समान २ तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए । पाँच खेलको सिरिजमा नेपाल १९० ले अघिछ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो ।