सोमबार, वैशाख ३१ गते २०८१
Logo
सोमबार, वैशाख ३१ गते २०८१

शङ्खमूलको दोभान पुल नजिक आगलागी, पसलहरुमा क्षति

शङ्खमूलको दोभान पुल नजिक आगलागी, पसलहरुमा क्षति

साझा पोष्ट
आइतबार, वैशाख १६ २०८१
  • images
    शङ्खमूलको दोभान पुल नजिक आगलागी, पसलहरुमा क्षति
    images

    काठमाडौं । काठमाडौंको शङ्खमूलमा आगलागी भएको छ । आगलागीबाट दोभान पुल नजिक एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।


    images
    images

    जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा पनि आगोले क्षति पुर्‍याएको छ ।  आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने एकीन भएको छैन ।

    ललितपुर महानगरपालिकाका दुई वटा दमकल, काठमाडौंको जुद्ध बारुण यन्त्र तथा प्रहरी र स्थानीयको समेत सहयोगमा आगो निभाउने क्रम जारी छ । आगलागीको कारण थाहा भइनसकेको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार