सोमबार, वैशाख ३१ गते २०८१
Logo
सोमबार, वैशाख ३१ गते २०८१

राष्ट्रियसभा सदस्य अञ्जान शाक्यले लिइन् शपथ

राष्ट्रियसभा सदस्य अञ्जान शाक्यले लिइन् शपथ

साझा पोष्ट
आइतबार, वैशाख १६ २०८१
  • images
    राष्ट्रियसभा सदस्य अञ्जान शाक्यले लिइन् शपथ
    images

    काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले शपथ ग्रहण गरेकी छन् । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आइतबार सिंहदरबारमा एक समारोहका बीच शाक्यलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।


    images
    images

    शाक्यलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख ६ गते राष्ट्रिय सभाको सदस्य पदमा मनोनित गरेका थिए । सांसद शाक्यलाई सांसदको लोगो हस्तान्तरण गर्दै राष्ट्रिय सभाका अध्यक्ष दाहालले बधाइ दिए । त्यस अवसरमा राष्ट्रिय सभाका सांसदहरु र संसद सचिवालयका कर्मचारीहरुले पनि उनलाई बधाई दिएका छन् ।

    शपथ ग्रहणपछि सांसद शाक्यले देश र जनताको हितमा इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले राष्ट्रिय सभाको गरिमा उचाइमा पुर्‍याउन पनि आफूले सक्दो पहल गर्ने बताइन् ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार