काठमाडौं नेपालले तेस्रो टी–२० खेलमा वेस्टइन्डिज ए विरुद्ध टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा वेस्टइन्डिज ए का कप्तान रोश्टन चेशले टस जितेर ब्याटिङ रोजेका हुन् । नेपालको कप्तानी भने दीपेन्द्रसिंह ऐरीले गरिरहेका छन् । अघिल्ला खेलका कप्तान रोहितकुमार पौडेलसहित कुशल भर्तेल, सोमपाल कामी र प्रतिश जिसीलाई आज विश्राम दिइएको छ । वेस्टइण्डिज एले अहिले ब्याटिङ गरिरहेको छ । पाँच खेलको श्रृंखला १–१ को बराबरीमा चलिरहेको छ ।