आइतबार, जेठ ६ गते २०८१
Logo
आइतबार, जेठ ६ गते २०८१
images
images
Logo
images

उपेन्द्र यादवको गलत कार्यशैलीका कारण पार्टी खोल्न बाध्य भयौं : अशोक राई

उपेन्द्र यादवको गलत कार्यशैलीका कारण पार्टी खोल्न बाध्य भयौं : अशोक राई

साझा पोष्ट
सोमबार, वैशाख २४ २०८१
  • images
    उपेन्द्र यादवको गलत कार्यशैलीका कारण पार्टी खोल्न बाध्य भयौं : अशोक राई
    images

    काठमाडौं । नवगठित जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले उपेन्द्र यादवको गलत कार्यशैली सहनै नसक्ने खालको भएपछि अलग पार्टी खोलेको बताएका छन् । न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै राईले बाध्य भएर नयाँ पार्टी खोलेको बताए । 
    ‘पानी उमाल्ने क्रममा तापक्रम बढ्दै  गएर सय डिग्री पुगेपछि उम्लिन्छ भन्ने एउटा बैज्ञानिक नियम छ । त्यस्तै हो । कुनै पनि घटना एकैचोटी हुँदैन । त्यसका पछाडि कारणहरु हुन्छन । र त्यसले विकास गर्नका निम्ति अलिकति समय लिएको हुन्छ, प्रक्रियाहरु पार गरेको हुन्छ ।’ पार्टी फुट्नुको कारण खुलाउँदै उनले भने, कार्यशैलीगत बेमेलहरुले उत्पन्न गरेका असन्तुष्टिहरु थुप्रिँदै थुप्रिँदै गए त्यसपछि अलग भयौं ।’

    images
    images

    मिल्ने ठाउँ नदेखेपछि अलग बाटो लागेको उनले प्रष्टिकरण दिए । 'सबै असन्तुष्टिको निकास, समाधान खोजेर एकीकृत र सुदृढ पार्टी बनाउने, पार्टीमा उर्जा भर्ने ढंगले महाधिवेशन आयोजना गर्नुपर्ने हो तर अव महाधिवेशन नै लाठे रोपाईँ होला जस्तो देखिएपछि अब धेरै असन्तुष्टि,अन्तरविरोध बढाएर पार्टीमा रहिरहनु त्यो राम्रो पनि हुँदैन ।’ राईले भने,  जव महाधिवेशन आयोजना गर्ने प्रक्रिया नै विवादास्पद छ । विधिसम्मत छैन । र जब्बरजस्तीको जोड छ भने पछि त्यो महाधिवेशनले के निकास दिन्छ, के निर्णय दिन्छ भनेर अपेक्षा गर्ने । त्यसकारण हामीले आफ्नो ढंगले अघि बढौं भनिकन  यो निर्णय गर्यौं ।’  

    images
    images

    सत्ता राजनीतिको खेलका कारण पार्टी विभाजन नभएपछि संसदबाट पार्टी जन्मिएकोले त्यस्तो देखिएको उनले तर्क गरे । ‘आज दल दर्ता चाँही भएको छ ।सत्ता राजनीति त हामी सांसदहरुले संसदीय दलबाट विभाजन गरेको हुनाले सत्ता राजनीतिसँग त कुनै न कुनै रुपमा प्रत्यक्ष, परोक्ष रुपमा जोडिन जान्छ । तर सत्ता राजनीतिको कारण चाँही होइन यो विभाजनको । सत्तामा नै छौ नि त हामी त ।’ उनले भने ।  

    राईले नौ वर्ष अघि उपेन्द्र यादवको तत्कालीन मधेशी जनअधिकार फोरमसँगको एकता फलदायी नभएको बताए । ‘ मधेसी जनअधिकार फोरम र संघीय समाजवादी पार्टीको एकता भएको नौ वर्ष भयो । नौं वर्षको सहकार्यमा हामीले भौतिक रुपमा देखिने गरी प्रगति पनि गर्न सकेनौं । ’ राईले भने । 

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार