सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

बायर्नलाई हराउँदै रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा

बायर्नलाई हराउँदै रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा

साझा पोष्ट
बिहीबार , वैशाख २७ २०८१
  • images
    बायर्नलाई हराउँदै रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा
    images

    काठमाडौं । बायर्न म्युनिखमाथि पुनरागमन जित निकाल्दै रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। 

    images
    images

    बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा बायर्नलाई २–१ ले पराजित गर्दै समग्रमा ४–३ जितसहित रियल फाइनलमा प्रवेश गरेको हो  ।

    images
    images

    सेमिफाइनलको पहिलो लेगमा रियलले बायर्नलाई २–२ को बराबरी गरेको थिए। खेलको ६८ औँ मिनेटमा अल्फान्जो डेभिजको गोलमा बायर्नले सुरुवाती अग्रता बनाएको थियो। रियलले खेलमा १–० ले पछि परेको स्थिती उल्टाउँदै फाइनलमा स्थान बनाएको हो। 

    तर खेलको ८८ औँ मिनेटमा जोसेलु ग्राबेडको गोलमा रियल खेलमा फर्किएको थियो। 

    खेलको इन्ज्युरी समयको पहिलो मिनेटमा जोसेलुले व्यक्तीगत दोस्रो गोल गर्दा रियलले फाइनलमा स्थान बनाएको हो। १४ पटकको च्याम्पियन रियलले अब उपाधिका लागि बोरुसिया डर्टमुन्डको सामना गर्नेछ। 

    मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा बोरुसिया डर्टमुन्डले पिएसजीलाई समग्रमा २–० ले हराउँदै ११ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो। 

    लिगको उपाधि भिडन्त आगामी जुन १ मा वेम्वेलीमा हुनेछ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार