सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

चलचित्र 'पुजार सार्की'को ट्रेलर सार्वजनिक

चलचित्र 'पुजार सार्की'को ट्रेलर सार्वजनिक

साझा पोष्ट
बिहीबार , वैशाख २७ २०८१
  • images
    चलचित्र 'पुजार सार्की'को ट्रेलर सार्वजनिक
    images

    काठमाडौं ।  नेपाली चलचित्र पुजार सार्कीको ट्रेलर सार्वजनिक भएको छ । मंगलवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो ।
    कार्यक्रममा बोल्दै अभिनेता आर्यन सिग्देलले सबै कलाकारहरुले मेहनत गर्नुपर्ने बताउए । पात्रमा मेहनत गरेमात्रै भिज्न सकिने भएकाले सबैले मेहनत गर्न आवश्यक रहेको र मेहनत गर्नेको भविष्य नै उज्ज्वल रहेको उनले बताए ।

    images
    images

    अभिनेता प्रदीप खड्काले आगोको धर्म तातो दिने, पानीको धर्म प्यास मेटाउने भनेजस्तै मानवको धर्म मानवता भएको बताए । उनले जात भनेको पनि काम विभाजनका लागि भएको हुनसक्ने र कालान्तरमा पनि उच निचको रुपमा विभाजित भएको बताए ।

    images
    images

    चलचित्रमा जातीय विभेदको मुद्दालाई उठाइएको छ । फिल्मको कथा अन्तरजातीय सम्बन्धको जटिलता वरपर घुमेको ट्रेलरबाट स्पष्ट हुन्छ । कास्कीकोट गाउँमा खिचिएको यो फिल्मलाई विकास सुवेदीले लेखेका हुन् ।
    दिनेश राउतको निर्देशनमा तयार पुजार सार्कीमा आर्यन, प्रदीप र पलसहित अञ्जना बराइली, परिक्षा लिम्बु, प्रेम सुब्बा, लोकेन्द्र लेखक, मोहन निरौला, सुवास गजुरेल, तारा शर्मा, विद्या कार्की, शंकर आचार्यलगायत कलाकारहरूको अभिनय छ । चलचित्र जेठ १० गतेबाट प्रदर्शन हुँदैछ ।

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार