सोमबार, जेठ ७ गते २०८१
Logo
सोमबार, जेठ ७ गते २०८१
images
images
Logo
images

कोशीमा हिक्मत कार्की मुख्यमन्त्री नियुक्त

कोशीमा हिक्मत कार्की मुख्यमन्त्री नियुक्त

साझा पोष्ट
बिहीबार , वैशाख २७ २०८१
  • images
    कोशीमा हिक्मत कार्की मुख्यमन्त्री नियुक्त
    images

    काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । कार्की तेस्रो पटक मुख्यमन्त्री बनेका हुन् ।  नवनियुक्त मुख्यमन्त्री  कार्कीको शपथ ग्रहण आज ५ बजे हुने भएको छ ।

    images
    images

    कार्की संविधानको १६८ (५) अन्तर्गत नियुक्त भएका हुन् । एमाले र माओवादीका ५२ जना प्रदेशसभा सांसदको शरीर उपस्थितिमा हस्ताक्षर गरेपछि प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरे ।

    images
    images

    असअघि उनी संविधानको धारा १६८ (२) अन्तर्गत २०७९ पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । एमाले, माओवादी, नेकपा एस र जसपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्की २०७९ असार १५ गते विश्वासको पाउन नसकेपछि विश्वासको मत लिन नसकेर पदमुक्त कार्कीले ७० दिनपछि अदालतको परमादेशबाट सत्तामा  फर्केका थिए  ।  संविधानको धारा १६८ (३) अन्तर्गत मुख्यमन्त्री नियुक्त भएका कार्कीले विश्वासको मत लिन नसक्ने अवस्था आएपछि असोज २२ गते राजीनामा दिएका ।

    गत मंसिरमा चुनाव भएयता कोशीमा योसहित ६ पटक सरकार हेरफेर भएको छ । यसअघि २ पटक कांग्रेसका उद्धव थापा मुख्यमन्त्री बनिसकेका छन् । कांग्रेसकै केदार कार्की १६८ (५) अन्तर्गत असोज २७ मा मुख्यमन्त्री नियुक्त भएका थिए ।

     

    प्रतिक्रिया हरु
    साताको लोकप्रीय
    थप समाचार