२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

बलिङ राम्रो भयो, फिल्डिङ र ब्याटिङमा कमजोरी भए : रोहित पौडेल

बलिङ राम्रो भयो, फिल्डिङ र ब्याटिङमा कमजोरी भए : रोहित पौडेल

बिहीबार , असार ६ २०८१
  • images
    images
    बलिङ राम्रो भयो, फिल्डिङ र ब्याटिङमा कमजोरी भए : रोहित पौडेल

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टी-२० विश्वकपमा नेपालको बलिङ राम्रो भएको तर फिल्डिङ र ब्याटिङमा केही कमजोरी भएको बताए ।


    images

    बिहीबार टी-२० विश्वकपमा सहभागी भइ स्वदेश फर्किएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले टिममा आत्मविश्वास भएपनि अमेरिका र वेष्टइन्डिजको मैदानको स्थितिले ब्याटिङमा धेरै राम्रो गर्न नसकेको बताए ।

    ‘पहिलो गेममा पनि आत्मविश्वास थियो पूरै टिममा । तर मैदानको स्थितिले राम्रो नतिजा आउन सकेन । अमेरिकाको पिच तपाईंले देख्नु नै भएको छ, कसैको राम्रो स्कोर बन्न सकेको थिएन’, उनले भने ।

    कप्तान रोहितले फिल्डिङ र ब्याटिङमा नेपाली पक्षबाट केही कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधार गर्ने प्रतिवद्धता जनाए ।

    उनले भने, ‘ब्याट्सम्यानलाई च्यालेन्ज थियो, ब्याट्सम्यानलाई मात्रै दोष दिएर हुँदैन । बलरलाई राम्रो ठाउँ थियो, त्यही अनुसारको नतिजा पनि यो विश्वकपमा आइरहेको छ । फिल्डिङ पनि केही कमजोरी थियो, त्यसमा हामी सुधार गरेर जानेछौं । ब्याटिङमा पनि सुधार गर्न जरुरी छ।’

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार