२०८३, भदौ १ गते

सोमबार, भदौ १ गते २०८३

सोमबार, भदौ १ गते २०८३

एआइजी श्यामलाल ज्ञवालीमाथि छानबिन गर्न समिति गठन

एआइजी श्यामलाल ज्ञवालीमाथि छानबिन गर्न समिति गठन

बुधबार, साउन १६ २०८१
  • images
    images
    एआइजी श्यामलाल ज्ञवालीमाथि छानबिन गर्न समिति गठन
    Image Source: Nepal Police

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) श्यामलाल ज्ञवालीमाथि  छानबिन गर्न प्रहरी प्रधान कार्यालयले समिति गठन गरेको छ।


    images

    प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले एआइजी टेकप्रसाद राईको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका हुन्। उनीविरूद्ध छानबिन निर्देशनालयमा उजुरी परेको थियो।

    प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार एआइजी ज्ञवालीविरूद्ध विभिन्न उजुरी परेकाले छानबिन गर्न लागेको हो। कतिपय मुद्दा पहिल्यै छानबिन भइसकेको विषयमा पनि उजुरी परेको स्रोतले जनाएको छ।

    ६० किलो सुन प्रकरणमा फरार रहेका जीवन चलाउनेको विषय, उमेर विवाद, नक्कली सर्टिफिकेट, आफ्ना छोराछोरीलाई विदेशमा राखेको लगायत विषय छन्।

    गत चैतमा सुनको तस्करी प्रकरणको छानबिन गर्न बनाएको जाँचबुझ आयोगले प्रतिवेदन बुझाएपछि तत्कालीन समयमा सिआइबी प्रमुख रहेकी एआइजी किरण बज्राचार्यलाई मन्त्रिपरिषद बैठकले सरूवा गरेको थियो। 

    बज्राचार्यलाई कार्य विभागमा पठाएर सिआइबीमा एआइजी ज्ञवालीलाई ल्याइएको थियो। उनको नेतृत्वमा सुन प्रकरणको दोस्रो चरणको अनुसन्धान सकेर प्रहरीले मुद्दा बुझाइसकेको छ। ज्ञवाली उमेर हदका कारण आउँदो भदौ २६ गते अनिवार्य अवकासमा जाँदैछन्।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार