२०८३, साउन ३० गते

शनिबार, साउन ३० गते २०८३

शनिबार, साउन ३० गते २०८३

प्रचण्डले जादु नम्बर चलाइरहेपछि कांग्रेससँग मिलेका हौं : प्रदीप ज्ञवाली

प्रचण्डले जादु नम्बर चलाइरहेपछि कांग्रेससँग मिलेका हौं : प्रदीप ज्ञवाली

बुधबार, मंसिर ५ २०८१
  • images
    images
    प्रचण्डले जादु नम्बर चलाइरहेपछि कांग्रेससँग मिलेका हौं : प्रदीप ज्ञवाली

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो दलको ३२ सिटको जादु नम्बरको नाममा खेल्न थालेपछि कांग्रेससँग मिलेको बताएका छन् । काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै ज्ञवालीले दलहरूबीच खेलिरहने प्रचण्डको शैलीले दुई दल मिल्नुपरेको बताएका हुन् । 


    images

    ‘अहिले मात्रै होइन ६ सालदेखि परिवर्तनका मुख्य संवाहक कांग्रेस-एमाले हुन्। यी दुई दल प्रतिस्पर्धामा रमाइरहने तर प्रचण्डले जादु नम्बर खेलाइरहने देखियो,’ ज्ञवालीले भने, ‘यस्तो पटक-पटक भएपछि हामी कांग्रेससँग मिलेर सरकार बनाउने अवस्थामा पुगेका हौं ।’

    सत्ताबाट बाहिर पुगेपछि पनि प्रचण्डको सबै तिकडम नरोकिएको उनले बताए । ‘प्रचण्डजी बंगलादेश, श्रीलंका बनाइदिन्छु भन्ने अभिव्यक्ति दिनुहुन्छ । पहिचानवादीसँग कोशी मान्दैनौं भन्दै आन्दोलनमा जान खोज्नुहुन्छ,’ ज्ञवालीले भने, ‘भारतीय मिडियासँगको अन्तर्वार्तामा अभिव्यक्तिले पनि सरकारबाट हटेपछि फेरि सबैखाले तिकडम अपनाउन प्रचण्ड उद्यत छन् भन्ने देखाउँछ ।’

    अराजक देखिन थालेपछि दुई ठूला दल मिल्नुको विकल्प नदेखेको उनले प्रस्ट्याए । विधिको शासन सबैले मान्नुपर्ने भएकोले सहकारी प्रकरणमा गृहमन्त्री भएकै आधारमा रास्वपा सभापति रवि लामिछानेले उन्मुक्ति नपाउने उनले बताए । दोषी देखिए जुनसुकै पार्टीका नेता पनि कारवाही भोग्न तयार हुनुपर्ने उनको भनाइ थियो ।

    प्रतिक्रिया
    साताको लोकप्रिय
    थप समाचार