२०८३, असोज २० गते

मंगलबार, असोज २० गते २०८३

मंगलबार, असोज २० गते २०८३

ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

आइतबार, पुस २१ २०८१
  • images
    images
    ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठ)

    काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको छ ।


    images

    पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा अध्यक्ष ओलीले ४७ पृष्ठ लामो प्रतिवेदन पेस गरेका छन् । बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनले नेपालको वर्तमान राजनीतिक अवस्था, आगामी योजनाहरू, र चुनौतीहरूको विस्तृत विश्लेषण गरेको छ । 

    प्रतिवेदनले पार्टीको संगठनात्मक र राजनीतिक स्थायित्व सुनिश्चित गर्न आठौं बैठकको महत्वलाई जोड दिएको छ । यसमा विगतका उपलब्धिहरू, आन्तरिक सुदृढीकरण, र आगामी रणनीतिक प्राथमिकताहरूको चर्चा गरेको छ।

    ओलीले २०७९ सालमा सम्पन्न संघीय निर्वाचनपछि देखिएको राजनीतिक अस्थिरता, सुशासनमा आएको चुनौती, र विकासको गतिलाई तीव्रता दिन आवश्यक सुधार योजनाबारे प्रतिवेदनमा विस्तृत धारणा प्रस्तुत गरेका छन् ।

    त्यस्तै प्रतिवेदनले नेपाली कांग्रेस र अन्य दलहरूसँगको सहकार्यलाई सकारात्मक मान्दै राष्ट्रिय हित, स्थिरता, र सुशासनको लागि सहकार्यलाई अगाडि बढाउनुपर्नेमा जोड दिएको छ । 
     
    भ्रष्टाचारको मुद्दालाई राजनीतिकरण नगर्ने र राज्यका संयन्त्रहरूलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने कुरा प्रतिवेदनले औंल्याएको छ । साथै, सुदृढ शासन व्यवस्थाका लागि नयाँ कानुन निर्माण र वर्तमान कानुनहरूको परिमार्जनका लागि सुझाव दिइएको छ ।

    आर्थिक स्थायित्व, लगानीमैत्री वातावरण, र रोजगारी सृजनाको लागि सरकारलाई प्रभावकारी कदम चाल्न पनि प्रदिवेदनले सुझाव दिइएको छ ।

    समग्रमा प्रतिवेदनले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई एकजुट हुन, मुलुकलाई समृद्ध बनाउन, र राष्ट्रिय समस्याहरूलाई समाधान गर्न आवश्यक योजनाहरू अघि सारेको छ ।

    हेर्नुहोस् पुर्णपाठ:-

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार