२०८३, कात्तिक ३० गते

आइतबार, कात्तिक ३० गते २०८३

आइतबार, कात्तिक ३० गते २०८३

पेस्तोल पड्काएर नाच्ने जसपा नेतृ बोलाएको बेला हाजिर हुने शर्तमा रिहा

पेस्तोल पड्काएर नाच्ने जसपा नेतृ बोलाएको बेला हाजिर हुने शर्तमा रिहा

साझा पोष्ट
बिहीबार , वैशाख १८ २०८२
  • images
    पेस्तोल पड्काएर नाच्ने जसपा नेतृ बोलाएको बेला हाजिर हुने शर्तमा रिहा
    images

    काठमाडौं । पेस्तोल पड्काउँदै नाचेर प्रहरीको अनुसन्धानमा परेकी  जसपा नेपालकी केन्द्रीय सदस्य डा। बबी सिंह यादव बोलाएको बेला हाजिर हुने शर्तमा कागज गरेर छुटेकी छन् ।


    images


    सर्लाहीमा हल्दी–मेहेन्दी कार्यक्रममा पेस्तोल पड्काएको भिडिओ भाइरल उनलाई सप्तरी प्रहरीले बोलाएर बयान लिएकोमा बोलाएको बेला हाजिर हुने गरी कागज गराएर छाडिएको सप्तरी प्रहरीले जनाएको छ ।

    बबीले प्रहरीसमक्ष आफूले मनोरञ्जनका लागि पेस्तोल पड्काएको र त्यो खेलौना भएको बयान दिएकी छन् ।


     ११ वैशाखमा वसन्त कुमारकी छोरी कोमल सुप्रियाको हल्दी–मेहेन्दी कार्यक्रममा नेतृ सिंहले पेस्तोल पड्काएकी हुन् ।

    नेतृ बबीले पड्काएको पेस्तोल सर्लाहीको मलंगवा नगरपालिका–२ का अञ्जनी कुमारको घरबाट बरामद भएको थियो । 

    सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईले बरामद पेस्तोल नक्कली जस्तै देखिएको भन्दै परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाउने जानकारी दिए ।


    सप्तरीको बोदेबर्साइन् नगरपालिका–५ घर भएकी उनी जसपा नेपालका उपाध्यक्षसमेत रहेका राष्ट्रियसभा सदस्य तथा पूर्वमन्त्री मृगेन्द्र सिंह यादवकी छोरी हुन् ।

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार