काठमाडौं, कात्तिक ९ । सिरहाको गोलबजार नगरपालिका वडानम्बर ११ का वडाध्यक्ष सोहेब अनवर सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका छन् ।
गत साउन १० गते सुनसरीको देवानगञ्जमा भएको घटनालाई लिएर साउन १४ गते सिरहाको गोलबजारमा भएको घटनामा संलग्न भएको आरोपमा वडाध्यक्ष अनवर पक्राउ परेका हुन् ।
सिरहाका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवं प्रवक्ता रमेशबहादुर पालका अनुसार उनलाई आइतबार राति गोलबजारबाट पक्राउ गरिएको हो ।



