२०८३, मंसिर ५ गते

शुक्रबार, मंसिर ५ गते २०८३

शुक्रबार, मंसिर ५ गते २०८३

विवादमा परेपछि गायिका इब्सल सन्ज्यालले माफी मागिन्

विवादमा परेपछि गायिका इब्सल सन्ज्यालले माफी मागिन्

साझा पोष्ट
बिहीबार , असार २५ २०८३
  • images
    विवादमा परेपछि गायिका इब्सल सन्ज्यालले माफी मागिन्
    images

     काठमाडौं । एक टेलिभिजन अन्तर्वार्तामा व्यक्त गरेको अभिव्यक्तिका कारण विवादमा तानिएकी गायिका इब्शल सन्ज्यालले माफी मागेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा लामो स्पष्टीकरण लेख्दै उनले अभिव्यक्तिबाट अछामवासीको आत्मसम्मान र भावनामा चोट पुग्न गएको भन्दै माफी मागेकी हुन् ।


    images

    केही समयअघि एक टेलिभिजनको अन्तर्वार्ताका क्रममा उनले अमेरिकामा बस्ने एक अछामी परिवारमा अझै पनि महिनावारी हुँदा घरबाहिर छुट्टै कोठामा राखिने गरिएको दाबी गरेकी थिइन् । सोही विषयलाई लिएर सामाजिक सञ्जालमा उनको चर्को आलोचना भएपछि उनले माफी मागेकी हुन् । आफू कहिल्यै अमेरिका नगएको र त्यहाँको अवस्थाबारे प्रत्यक्ष प्रमाण नभएको स्वीकार बताएकी छन् ।

    ‘सामाजिक सञ्जालमा महिनावारी स्वास्थ्य र चेतनासम्बन्धी सामग्री प्रस्तुत गरेपछि अमेरिकाबाट एक शुभचिन्तकले फोन गरी अछामका एक व्यक्तिले अमेरिकामा पनि महिनावारी हुँदा विभेद गर्ने गरेको कुरा सुनाएको मैले बताएको थिए’, उनले भनेकी छन् ‘अन्तर्वार्ताका क्रममा सोही कुरा मेरो अभिव्यक्तिका रूपमा आयो, जुन कुनै नियतवश अछामको प्रतिष्ठामाथि प्रहार गर्नका लागि थिएन, ।’ उनले हाल ती शुभचिन्तकसँग सम्पर्क हुन नसकेकाले उक्त दाबीको प्रमाण आफूसँग नभएको समेत उनले स्पष्ट पारेकी छन् ।

    आफू सानै उमेरदेखि छाउपडी प्रथाविरुद्धको अभियानमा जोडिएको उल्लेख गर्दै उनले भनिन्, ‘मैले महिनावारीका बेला भान्सा वा पूजा कोठामा पस्न पाउनुपर्छ भन्न खोजेको होइन, केवल छोरीमान्छे सुरक्षित र सफा ठाउँमा घरभित्रै बस्न पाउनुपर्छ र छाउगोठमा बस्दा हुने सम्भावित जोखिमबाट बच्नुपर्छ भन्ने मेरो आशय हो ।’

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार