काठमाडौं, भदौ १२ । भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको लागि उद्धार तथा राहत वितरणका लागि एनआईसी एसिया बैंक लिमिटेडले २ करोड २१ लाख नगद सहयोग गरेको छ।
बैंकका अध्यक्ष अशोक कुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले संयुक्त रूपमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई रकम हस्तान्तरण गरेका हुन्। रकममध्ये २ करोड सार्वजनिक उत्तरदायित्व अन्तर्गत र २१ लाख कर्मचारीबाट संकलन भएको बैंकले जानकारी दिएको छ।
आकस्मिक रुपमा आएको अकल्पनीय बाढीका कारण उक्त क्षेत्रमा भएको भौतिक एवं मानवीय क्षतिप्रति बैंकले दुख व्यक्त गरेको छ ।
बुधवार बिहान भोटेकोसी नदीमा आकस्मिक रूपमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ जिल्ला लगायतका क्षेत्रमा ठूलो मात्रामा भौतिक एवं मानवीय क्षति भएको छ।



