२०८३, असोज ७ गते

बुधबार, असोज ७ गते २०८३

बुधबार, असोज ७ गते २०८३

ओलीको प्रंशसा गर्दै प्रदीप ज्ञवालीले ल्याए तेस्रो प्रतिवेदन

ओलीको प्रंशसा गर्दै प्रदीप ज्ञवालीले ल्याए तेस्रो प्रतिवेदन

साझा पोष्ट
शनिबार, असोज ३ २०८३
  • images
    images
    ओलीको प्रंशसा गर्दै प्रदीप ज्ञवालीले ल्याए तेस्रो प्रतिवेदन

    काठमाडौं, असोज ३ । नेकपा एमालेमा गत फागुन २१ गते भएको निर्वाचनको समीक्षा गर्ने क्रममा तेस्रो प्रतिवेदन तयार गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गर्दै नेता प्रदीप ज्ञवालीले तेस्रो प्रतिवेदन तयार पारेका हुन ।  


    images


     यसअघि  पार्टी सुदृढीकरण, रूपान्तरण र पुनर्जागरणसम्बन्धी महासचिव शंकर पोखरेल र नेता रामबहादुर थापा ‘बादल’ ले तयार पारेका प्रतिवेदनहरू विवादमा परेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता प्रदीप ज्ञवालीलाई जिम्मा दिएर ‘समीक्षा प्रतिवेदन’ तयार गराएका हुन । नयाँ प्रतिवेदनमा पार्टीको पराजयको कारण विश्लेषण गरिए पनि त्यसको ठुलो हिस्सामा अध्यक्ष ओलीको बचाउ र गुणगान गरिएको छ । 


    ज्ञवालीको नयाँ प्रतिवेदनमा चुनावी हारका लागि विभिन्न बाह्य र आन्तरिक कारणहरू औँल्याइएको छ । प्रतिवेदनले भदौ २३ र २४ को घटनाक्रमलाई पार्टीविरुद्धको षड्यन्त्रका रूपमा व्याख्या गर्दै त्यसले निर्वाचनमा नकारात्मक प्रभाव पारेको जिकिर गरेको छ । 

    ज्ञवालीले आफ्नो प्रतिवेदनमा एमालेको हारलाई पार्टीको हारभन्दा पनि राष्ट्रियता, लोकतन्त्र र संविधानवादको पक्षमा उभिएका शक्तिमाथिको प्रहारका रूपमा चित्रण गरेका छन् । उनले अध्यक्ष ओलीको बचाउ गर्दै ओलीको नेतृत्वमा भएका ऐतिहासिक उपलब्धिहरू संविधान जारी गर्दाको अडान, नाकाबन्दीको सामना र चीनसँगको व्यापार तथा पारवहन सम्झौतालाई जोडतोडले उल्लेख गरेका छन् ।

    ‘वास्तवमा पार्टी अध्यक्षको नेतृत्वमा नेपालको राजनीतिमा हावी हुन खोजिरहेका हिंसा एवं जातिवाद र क्षेत्रीयवादमा आधारित विघटनकारी एजेन्डाहरूको प्रतिवाद गर्ने कुरामा महत्त्वपूर्ण सफलता हासिल भएको हो,’ प्रतिवेदनमा भनिएको छ, ‘उहाँकै नेतृत्वमा एकपटक असफल भएको संविधानसभाको दोस्रो निर्वाचन गरेर संविधान निर्माण गर्ने कुरामा सफलता हासिल भएको हो ।’

     

    प्रतिवेदनमा चुनावी पराजयको कारण खोतल्ने क्रममा ‘डिजिटल एलगोरिदम्’ को प्रभाव, सामाजिक सञ्जालको दुरुपयोग र निर्वाचनको समयमा पार्टीभित्रै भएको ‘अन्तर्घात’ लाई प्रमुख रूपमा उठाइएको छ । ज्ञवालीले विशेष गरी युवा पुस्तामा पसेको भ्रम र सामाजिक सञ्जालमार्फत एमाले र ओलीविरुद्ध चलाइएको ‘प्रचार युद्ध’ ले नतिजालाई प्रभावित पारेको दाबी गरेका छन् । साथै, पार्टीको साङ्गठनिक कमजोरी, टिकट वितरणमा भएको त्रुटि र नेता(कार्यकर्ताबीचको सम्बन्धमा आएको दरारलाई पनि पराजयको कारक मानिएको छ ।

    ज्ञवालीको प्रतिवेदनले आगामी दिनमा एमालेलाई थप सुदृढ बनाउने कार्ययोजना पनि अघि सारेको छ, जसमा पार्टीभित्र ‘आलोचना-आत्मालोचना’ को संस्कृति विकास गर्ने, युवाहरूलाई पार्टीमा जोड्ने, र पार्टीको नीति तथा नेतृत्वको रक्षाका लागि ‘साइबर सेना’ वा प्रभावकारी डिजिटल संयन्त्र निर्माण गर्ने उल्लेख छ । 

    साथै, निर्वाचित जनप्रतिनिधिहरूलाई पार्टीको निर्देशनमा चल्न बाध्य पार्ने र अनुशासन नमान्नेलाई कारबाही गर्ने कठोर व्यवस्था लागु गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

    पार्टीभित्र प्रतिवेदनमाथिको विवाद कायमै रहेका बेला आइतबार कार्यदलको बैठक बोलाइएको छ । यसअघि महासचिव पोखरेलले नेतृत्वको कमजोरी औँल्याएका थिए भने बादलले ओलीको बचाउ गर्दा अन्य नेताहरूको आलोचना गरेका थिए । अब तेस्रो प्रतिवेदन आएको छ । 

    यस्तो छ प्रतिवेदन :

    uml.pdf :To download file click here

     

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार