काठमाडौं, असोज ६ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले अध्यक्षे केपी शर्मा ओलीले कार्यशैली नसुधारेको भन्दै आलोचना गरेका छन् ।
पार्टीको केन्द्रीय कमिटी बैठकमा मंगलबार बोल्दै उनले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारको आलोचना गरेका हुन । उनले पार्टी भित्र समस्या भएको महसुस गरेपनि व्यवहार नसुधार्ने हो भने त्यसले राम्रो नगर्नेतर्फ पनि ओलीलाई सचेत गराएका छन् । तर उनले ओलीलाई हटाउन नखोजेको प्रष्टिकरण दिएका छन् ।
उनले आफूले ओलीलाई अध्यक्ष र नेता मानिरहेको उल्लेख गर्दै त्यो अर्थमा आफ्नो दूरी नरहेको धारणा राखे ।
‘तपाईंलाई भ्रम परेको छ। मैले कुनै विषयमा असहमति राख्नु भनेको तपाईंलाई नमान्नु होइन’ उनले भने ।
‘तपाईं र मेरो दूरी छैन’ महासचिव पोख्रेलको भनाइ उदृत गर्दै एक नेताले भने,’ पार्टी भित्र समस्या छन् रियलाइजेसन गरौं, अनि मात्रै समाधान हुन्छ ।’ तपाईंलाई नेता मानेकै छु तर नेतृत्व मिलेन। तपाईंले कार्यकर्तालाई समान रूपले हेर्ने दृष्टिकोण राख्नुपर्यो ।’
राजनीतिक, वैचारिक, सैद्धान्तिक सबै कुरामा समस्या देखिएको उल्लेख गर्दै उनले यही कारण मान्छेहरुले आफूहरूलाई मान्न छोडेको धारणा महासचिव पोख्रेलको थियो ।
‘रियलाइजेसनसहितको एकता हो भने त्यसले परिणाम दिन्छ’ महासचिव पोख्रेलको आसय थियो,’ प्रतिवेदनमा रियलाइजेसन गर्ने, तर व्यवहार चाहिँ यथावत् रहने कुराले ठिक हुँदैन ।
उनले अध्यक्ष ओलीको नेतृत्वमा राम्रो काम भएको तथा त्यो पार्टीको पुँजी भएको भए पनि त्यसलाई जनताले नपत्याएको पनि बताए । ‘पहिले राष्ट्रले कमरेड केपी ओलिलाई नेता स्वीकारेपछि पार्टीले उहाँलाई नेता स्वीकारेको हो । अध्यक्षको नेतृत्वमा धेरै महत्त्वूर्ण कामहरू भए त्यसलाई हामीले पटक–पटक चर्चा गरियो, तर पछिल्लो समयमा जनताले त्यो कुरा सुन्न नै चाहेनन्’, उनले भने ।



