२०८३, असोज ७ गते

बुधबार, असोज ७ गते २०८३

बुधबार, असोज ७ गते २०८३

बसभित्र आत्मदाह गर्ने मकवानपुरका अर्जुन दोङ भएको पुष्टि

बसभित्र आत्मदाह गर्ने मकवानपुरका अर्जुन दोङ भएको पुष्टि

साझा पोष्ट
मंगलबार, असोज ६ २०८३
  • images
    images
    बसभित्र आत्मदाह गर्ने मकवानपुरका अर्जुन दोङ भएको पुष्टि

    काठमाडौं, असोज ६ । काठमाडौंको त्रिपुरेश्वरमा सोमवार ऋद्दिसिद्दि यातायातको बसभित्रै आत्मदाह गर्ने युवक मकवानपुरका अर्जुन दोङ भएको खुलेको छ । यसअघि प्रहरीले उनी दावा लामा भएको बताए पनि वास्तविक पहिचान आज खुलेको हो ।


    images

    मृतक दोङ मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ का हुन् ।  २५ वर्षीय दोङका दुई श्रीमती र एक छोरा रहेको पनि पुष्टि भएको छ । उनको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा राति निधन भएको प्रहरीले बताएको छ ।

    अर्जुनले आत्मदाह गरेको खबरपछि परिवारका सदस्यहरु काठमाडौं आएका छन् । अर्जुनका बाबु छैनन् भने सात जना दाजुभाइमा उनी कान्छा हुन् ।


    अस्पताल अगाडि सडकमा अहिले अर्जुनका लागि न्‍याय माग्दै प्रदर्शन भइरहेको छ । अर्जुनका परिवार, आफन्त तथा यातायात व्यवसायी प्रदर्शनमा संलग्न छ ।  अर्जुनले काठमाडौँमै बस चलाएर परिवार पाल्दै आएका थिए। 

    प्रतिक्रिया
    images
    साताको लोकप्रिय
    थप समाचार